arrow

इपिएलको उपाधि ललितपुर प्याट्रियसलाई

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
epl-cricket-lalitpur.jpg

काठमाडौं। तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ। भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको छ। गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो।

ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाउन सक्यो। भैरहवाका लागि प्रदीप ऐरीले ३४, रबी इन्दर सिंहले २९, कुशल मल्लले १६, कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४‍‍-१४ रन बनाएका थिए।

ललितपुरका ललित नारायण राजवंशीले तीन, पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले दुई-दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५५ रन जोडेको थियो। ललितपुरका लागि जयकिशन कोल्शावालाले ५७, सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भूर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए। भैरहवाका कृष्ण कार्कीले तीन, मोहमद नाभिद र रायन टेन डेसकाटेले समान दुई-दुई विकेट लिएका थिए।

विजेता टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए। गत मङ्सिर २२ गतेदिख शुरु भई आज समापन भएको प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ