arrow

‘खेलकुदमा अनावश्यक राजनीतिकरण नगरौं’

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
samanantar_sangh_gathan-pitambar_timalsena.jpeg

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सेनाले खेलकूद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणविरुद्ध आफू चुप लागेर नबस्ने बताएका छन् । 

नेप्लिज तेक्वान्दो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकूद विकास समितिको संयुक्त आयोजनामा यहाँ भएको अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा उनले खेलकूदसँगको समानान्तर सङ्घ गठन हुनुले कलिला खेलाडीको भविष्य अन्योलतर्फ धकेलिने भएकाले सर्तक रहन सरोकारवालालाई आग्रह गरे । 

उपाध्यक्ष तिमिल्सेनाले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकूद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनीसमेत दिए । 

स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने सरकारको अभियानलाई सफल पार्न देशव्यापीरुपमा खेलकूदका कार्यक्रम आयोजना भइरहेको उनले स्मरण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ