रियाल मड्रिडले गर्यो विश्वकप क्लब फुटबल उपाधिमा ह्याट्रिक
प्रकाशित २०७५ पुष ८ आइतबार
344
Shares
काठमाडौं। स्पेनिश क्लब रियाल मड्रिडले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलमा युएईको क्लब अल आइनलाई पराजित गर्दै रियालले उपाधिमाथि समेत लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्यो। रियाल ४–१ गोलले विजयी भएको हो । रियाललाई जिताउन सामुहिक प्रयास निकै राम्रो रह्यो।
सर्जियो रामोस, लुका मोड्रिक र मार्कोस लोरेन्तेले गोल गरे । एक गोल त रियालले उपहार नै पायो अताल्लिएको अल आइनले आत्मघाती गरेको थियो। सुकासा सियोतानीले अल आइनका लागि गोल गरेका थिए । सेमिफाइनलमा ह्याट्रिक गरेका ग्यारेथ बेलले भने रियालका लागि गोल गर्न सकेनन् ।
सेमिफाइनलमा रियालले जापानी क्लब काशीमा एन्टलर्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
यो उपाधिले रियाललाई ठूलो राहत दिएको छ । अहिलेसम्म रियालले चार पटक उपाधि जितेको छ । यो प्रदर्शनले रियालले क्रिष्टियानो रोनाल्डोलाई बिर्सेको छ । रोनाल्डो इटालियन क्लब युभेन्टस गए पनि रियाल मड्रिडको पिच बिग्रेको छैन । ला लिगामा भने रियाल फितलो देखिएको छ।