arrow

निस्फिक्री मौरिन्हो !

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
mourinho5.jpg

काठमाडौं । विश्वकै सबैभन्दा ग्ल्यामर र विवादित कुनै फुटबल प्रशिक्षक अहिले छन् भने ती हुन् जोजे मौरिन्हो । 

सफलतामा उत्तिकै हौसिने र असफलतामा उत्तिकै रिसाउने उनको मैदानको बानी हो । त्यो बानी प्रशिक्षक हुँदा मात्र रहने रैछ । 

इंगलिश प्रिमियर लिगको सबैभन्दा सफल क्लब म्यान्चेस्टर युनाइटेड हाँकेर फर्केका मौरिन्होले आफ्नो समय खेर फालेनन् । 

उनी गत हप्ता युनाइटेडबाट ‘स्याक’ मा परे । गत हप्ता नै उनी घरेलु क्लबहरुको खेल हेर्न मैदानमा पुगे । 

The former Manchester United manager had a warm reception at Bonfim Stadium

यी पोर्चुगिच फुटबल प्रशिक्षकले आफूलाई कसैले निकाल्दैमा फुटबल प्यासन नहराउने स्पष्ट देखाएका छन् । 

शनिबार राति उनी आफ्नो होमटाउनमा भएको भिक्टोरिया डे सेतुबाल र सान्ता क्लाराबीचको खेल हेरे । 

५५ वर्षीय मौरिन्हो अझै पनि फेरि कुनै क्लबको प्रशिक्षक बन्न सक्छन् । उनले इंगलिश क्लब चेल्सीको पनि प्रशिक्षक बनेर लिग च्याम्पियन बनाएका थिए । 

तर अर्को सिजनमै उनलाई क्लबले निकाल्यो । उनको भाग्य वा उनको नियति त्यो उनै जानुन् तर खेलाडीलाई आक्रामक बनाएर फुटबल ग्ल्यामर बनाउन भने मौरिन्होले राम्रो भूमिका खेलेका छन् । 

स्थानीय फुटबल हेर्न गएका मौरिन्हो निकै शान्त देखिए । फ्यानहरुसंग फोटो पनि खिचाए । 

Supporters flocked around to get a glimpse of the 55-year-old as he sat in the stands

मुटु फराकिलो पारेर इंगल्याण्ड छाडेका मौरिन्हो फेरि कुनै न कुनै भूमिकामा फुटबल प्रशिक्षकका रुपमा आउने नै छन् । 

तर सामाजिक संजालमा सबैभन्दा आलोचित प्रशिक्षकको नाममा भने उनी शीर्ष स्थानमै छन् । 

इतिहास उनकै पक्षमा छ । स्पेनिश क्लब रियाल मड्रिडदेखि इन्टरमिलान, बेनेफिका लगायतमा उनी छाए । नयाँ शताब्दीमा युरोपका उत्कृष्ट क्लबहरु हेर्ने उनी नै एकमात्र अलराउन्डर घुमन्ते हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ