arrow

प्रेस युनियन पाल्पाका पूर्वसभापति नेपाल सम्मानित

logo
रामचन्द्र रायमाझी ,
प्रकाशित २०७५ पुष ८ आइतबार
sammana1.jpg

पाल्पा । नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति तथा जिल्लाका क्रियाशिल पत्रकार  प्रकाश नेपाल सम्मानित भएका छन् । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले पत्रकारिताको माध्यमबाट जिल्लाको शैक्षिक, सामाजिक, आर्थिक र साहित्य क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको मुल्याङ्कन  गर्दै   नेपाललाई शनिबार सम्मान गरेको हो ।

 प्रतिष्ठानले आफ्नो  १३ औं साधारण सभा तथा पाँचौ अधिवेशनका अवसरमा  शक्तिराज स्मृति सञ्चार प्रतिभा पुरस्कारबाट नेपाललाई सम्मान गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा समन्वय इकाई पाल्पाका प्रमुख मोती पौड्याल र प्रतिष्ठानका अध्यक्ष पुस्करराज  रेग्मीले  नेपाललाई संयुक्त रुपमा नगद र प्रमाण पत्रले सम्मान गरेका थिए ।

  नेपाल, बुटवल टुडे दैनिकका उपसम्पादक, माउन्टेन टेलिभिजन र अभियान राष्ट्रिय दैनिकका  जिल्ला संवाददाता हुन् । उनले जिल्लाको सामाजिक, राजनैतिक, आर्थिक र साहित्यक क्षेत्रको विकास र विस्तारमा  खरो रुपमा कलम चलाउदै आएका छन् । सम्मानपछि पत्रकार नेपालले प्रतिष्ठानले गरेको सम्मान व्यक्तिगत नभई समग्र जिल्लाको पत्रकारिता क्षेत्रको नै सम्मान भएको बताए ।

त्यस्तै प्रतिष्ठानले  नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति भगवान भण्डारीलाई राधाबद्री रेग्मी स्मृति  पुरस्कारबाट सम्मान गरेको छ ।  सम्मानित भण्डारी पाल्पा समाचार पत्रका प्रधान सम्पादक, मानवअधिकारकर्मी, सामाजिक व्यक्तित्व सेमत हु्न्  । उनले जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान  पुर्‍याएका छन् । सोही अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई समेत सम्मान गरेको छ ।  

कार्यक्रममा साहित्य क्षेत्रमा  योगदान पुर्‍याएका देवेन्द्रराज शाक्य, विश्वप्रेमी अधिकारी, शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने मीनबहादुर केशी, लक्ष्मी उपाध्या, चन्द्रकान्त न्यौपाने, उत्कृष्ट अंक ल्याई जिल्लास्तरीय परिक्षामा सफल विद्यार्थी आयुषा विक, स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने नर्स कुमारी माया थापा र शोभाकान्त न्यौपानेलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ