arrow

उवासं कैलालीले चुनाव लगतै महोत्सव गर्ने

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष ८ आइतबार
kailali3.jpg

धनगढी । कैलाली उद्योग बाज्यि संघ कैलालीले चुनाव लगतै महोत्सव गर्ने भएको छ । नयाँ कार्य समितिको चुनाव पुस महिना भित्रै गर्ने र लगत्तै नयाँ कार्यसमितिले महोत्वस गर्ने  उद्योग बाज्यि संघ कैलालीले जानकारी दिएको छ ।

आइतबार कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेल गरी अहिलेको प्राथमिकता भनेको निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सबैलाई आग्रह समेत गरेको छ ।  विगत १३ वर्ष देखी लगातार महोत्वस संचालन गर्दै  आएको कैलाली उद्योग बाज्यि संघले नयाँ कार्य समिति चयन  विबादका कारणले गर्दा यस वर्ष समयमै महोत्वस संचालन गर्न नसकेको अध्यक्ष शंकर बोगटीले पत्रकार सम्मेलनमा बताए ।

सदस्यता विबादका कारणले गर्दा उच्च अदालतमा परेको रिटका कारणले कार्य समितिले समयमै चुनाव गर्न सकेको थिएन । पत्रकार सम्मलेनमा जानकारी गराउँदै अध्यक्ष बोगटीले भने –‘उच्च अदालत दिपायले जिल्ला प्रशासन कार्यालय कैलालीलाई सदस्यता विबाद मिलाउनका लागि  आदेश दिएको थियो ।’ जिल्ला प्रशासन कार्यालयले सदस्यता छानविन गर्न दुई महिना मागेको थियो भने अहिले सदस्यता फाइनलको अन्तिम चरणमा पुगेको पनि अध्यक्ष बोगटीले बताए ।

उनले भने–‘ दुई तिन दिन भित्रै सदस्यताको पाईनल सुचि प्रकाशीत गरि निर्वाचनको मिति घोषणा गछौं, त्यसमा सबैले सहयोग गर्नुपर्‍यो ।’ अहिले बजारमा केहीले महोत्सब गर्ने हल्ला चलाएको बताउँदै अध्यक्ष बोगटीले भने–‘यस हल्लाका पछाडी नलागी कैलाली उद्योग बाणिज्य संघले निर्वाचन लगत्तै महोत्सब गर्छ ढुक्क हुनुस ।’ उनले यसका लागि जिल्ला प्रशासन लगायत स्थानीय तहलाई पनि जानकारी गराई सहयोग गर्न आग्रह गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ