arrow

समाजसेवा गरेर मनाए वृद्धले जन्मदिन

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष ९ सोमबार
birthday-manaye-budhale.jpg

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा एक वृद्धले जन्मदिनमा गरिने खर्च समाजसेवामा लगाएका छन् । उनले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेर तथा विद्यालय अक्षय कोष स्थापना गरेर आफ्नो जन्म उत्सव मनाएका हुन् ।

जताततै जन्म उत्सव केक काटेर फजुल खर्च गर्दे मनाएका बेला गुल्मी मालिका गाउँपालिका ७ घमिरका टिकाबहादुर खत्रीले देविस्थान माध्यमिक विद्यालयका विद्यार्थीलाई २० हजार बराबरको शौक्षिक सामाग्री बाँडेर र ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणाका साथ आफ्नो जन्म उत्सव मनाएका हुन् । 

खत्रीले आफ्नो ७३ औँ जन्म उत्सवका अवसरमा विद्यालयका कक्षा बालशिक्षा देखि १२ सम्म  चार सय भन्दा बढी विद्यार्थीलाई २० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरेको र ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको विद्यालयका शिक्षक यमलाल पन्थीले बताए । 

गुल्मीको विद्यालयलाई शौक्षिक सामाग्री वितरण गर्दै यो आफुलाई अवसर भएको र अबको पुस्ताले पनि केहि कुरा सिकोस् भनी जन्मदिनमा शैक्षिक सामग्री बितरण गरेको बताएका छन् । 

उनले भने ‘शैक्षिक सामाग्री प्रदान गर्दा खुसी लागेको छ अब आउने पुस्तामा पनि केहि चेतना होला भन्ने कारणले शैक्षिक सामाग्री बितरण गरेको हुँ ।’

खत्रीले एक कार्यक्रमबीच विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्दे विद्यार्थीलाई लगनशिल, मिहेनत र अनुशासित बनेर अध्ययन गर्न समेत आग्रह गरेका छन् । 

विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले विद्यालयलाई  शैक्षिक सामग्री बितरण गरेको तथा ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने बचन दिएकोमा विद्यालयको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गरेका छन् । 

खत्रीले शौक्षिक सामग्री बितरण गरेको तथा ५० हजार बराबरको विद्यालय अक्षय कोष स्थापना गर्ने घोषणा गरेकोमा विद्यालय परिवार खुसी हुदैँ खत्रीलाई दोसल्लाका साथ सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीले बताएका छन् । 

खत्री विद्यालय नजिकै किराना पसल तथा होटल गर्दे आएका छन् । उनले पसल तथा होटलबाट भएको आम्दानी रकम सामाजिक काममा प्रयोग गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ