arrow

राहत लिएर मुख्यमन्त्री अग्निप्रभावित क्षेत्रमा

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
mahendra-bahadur-sahi.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।

आइतबार राति भएको आगलागीमा सात जना घाइते हुनाका साथै ५० घरधुरी पूर्ण क्षतिग्रस्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीले जानकारी दिए। नेपाली सेनाको हेलीकोप्टरमार्फत राहत सामग्री लिएर मुख्यमन्त्री शाहीसँगै राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाहीलगायत अग्निप्रभावित क्षेत्रमा पुगेका छन् ।

सङ्घीय सरकारका तर्फबाट कालीकोट सदरमुकाम मान्मबाट तीन हजार केजी चामलसहित दाल, नुन, तेललगायत सामग्री अग्निपीडितलाई उपलब्ध गराइएको छ । त्यस्तै कालीकोटका तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ