arrow

अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
nischal-drone.jpg

ललितपुर ।महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ ।

महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री परीसरले जफत गरेकोे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

‘ड्रोन क्यामरा’ उडानका लागि पालना गर्नुपर्ने नियमसम्वन्धी प्राधिकरणले जारी गरेको निर्देशिका पालना नगरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको खनालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ