arrow

एनसेल एप्स बाट ठगि गर्ने गिरोहका ५ जना पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ फागुन १९ बुधबार
ncell.jpg.jpeg
पाँचथर । एनसेलको एप्स प्रयोग गरी ठगिने क्रम रोकिएको छैन् । विभिन्न व्यक्तिहरुलाई  एनसेलबाट  पुरस्कार परेको भन्दै जानकारी गरी केहि रकम जम्मा गर्न लगाउँदै एनसेल नम्बरबाट फोन गरी रकम असुलने गिरोह मध्ये पाँच जनालाई बुधबार जिल्ला प्रहरी कार्यलय पाँचथरले पत्रकार समेलन गरी सार्वजनिक गरेको छ ।
 
पक्राउ पर्नेहरुमा बारा जिल्लाका जाकीर हुसेन र महमताप आलम र भारतीय नागरीक वलीउलाह छन् । यसै गरी दुई हप्ता अघि मात्रै एनसेल एप्स बाट ठगि गरेको भन्दै पाँचथर प्रहरीले  झापा गौरादहका प्रकाश दाहाल र मोरङ पथरीका मेघनाथ अधिकारी रहेका छन् । दाहाल र अधिकारीलाई केहि दिन अधिमात्र प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । पक्राउ परेका अभियुक्तहरु संग करीब १  लाख ४६ हजार नगद ,मोबाइल सेट र बैक एटिएमकार्ड लगायतका सामान बरामत गरीएको पाँचथर प्रहरी प्रमुख  प्रहरी नायब उपरिक्ष कृष्ण कोइरालाले बताए ।
 
ठगि गर्ने गिरोहका प्रमुख योजनाकार नेपालमा नभएको र उसको खोजिको लागी विशेष अपरेशन सुरु गरीएको पनि कोइराले जानकारी गराए  । उनिहरुले एनसेलको विभिन्न नम्बरबाट पुरस्कार परेको र केहि रकम  तुरुन्त जम्मा गर्नु अनि पुरस्कार लिन आउनु भन्दै सर्वसाधरणबाट ठगि गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाइ ठगिको मुद्धा सुरु गरीएको  पनि प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ