एनआईसी एशियाको इनरुवा र प्रकाशपुरमा नयाँ शाखा विस्तार
प्रकाशित २०७५ पुष ९ सोमबार
558
Shares
काठमाडौं। एनआईसी एशिया बैंकले इनरुवा र प्रकाशपुरमा थप नयाँ शाखा विस्तार गरेको छ ।
इनरुवा नगरपालिका स्थित वडा नं. १ शान्तिचोक शाखा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले उदघाटन गरेका थिए । त्यस्तै बराहक्षेत्र १०, सुनसरीको प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उदघाटन औपचारिक रुपमा उदघाटन गरेका हुन् ।
थप दुइ शाखा विस्तारसँगै एन आइ सी बैंकका ग्राहकले २७० शाखा कार्यालय, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रयोग गर्न पाउने भएका छन ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छन । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैकको दाबी रहेको छ ।