arrow

चिनी उद्योग संचालन नभएपछि उखु किसान चिन्तामा 

उद्योगी भन्छन् – मौज्दात बाँकी छ 

logo
प्रकाश मैनाली,  
प्रकाशित २०७५ पुष १० मंगलबार
sugarcane.jpeg

सर्लाही । चिनी उद्योग संचालन हुने  समय अनिश्चित भएपछि उखु किसानहरु ठूलो समस्यामा परेका छन् । पुसको दोस्रो साता भइसक्दा समेत उद्योग संचालन हुने कुनै छाटकाँट नदेखिएपछि किसानलाई कसरी उखु बिक्री गर्ने भन्ने चिन्ता परेको छ । 

विगतका वर्षमा मंसिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने सर्लाहीको ईन्दुशंकर चिनी कारखाना अन्नपूर्ण चिनी उद्योग र महोत्तरी एभरेस्ट सुगर मिलले गत वर्षको मौज्दात चिनी बिक्री हुन बाँकी रहेकाले तत्कालै उखु क्रसिङ गर्न नसक्ने अडान राखेका छन् । 

ईन्दुशंकर चिनी कारखानासँग अझै एक लाख २५ हजार  क्वीन्टल चिनी र महोत्तरीको एभरेष्ट सुगर मिलको गोदाममा १ लाख २२ हजार क्वीन्टल भन्दा बढी  चिनी बिक्री हुन बाँकी रहेकाले क्रसिङ गर्न समस्या परेको ईन्दुशंकर कारखानाका उखु प्रमुख (प्रोपाइटर) राजेख केडियाको भनाइ छ ।

सर्लाहीको ईन्दु शंकर चिनी कारखानाले यस क्रसिङ सिजनको लागि दोगा पुजा गरेको छ । उद्योगले दोगा पुजा भएपनि उखुको मुल्यमा सहमती र गत वर्षको  चिनी बिक्री नभएसम्म क्रसिङ नगर्ने  जनाएको छ ।

जिल्लाको अर्को अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोड भन्दा बढी  भुक्तानी गर्न बाँकी रहेको छ । यस क्रसिङ सिजनका लागि  उद्योगले ५४५ रुपैयाँमा उखु खरिद गर्नु पर्ने नेपाल उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनी मैनालीले बताए । 

यस समस्यालाई दीर्घकालीन रुमपा समाधानको लागि राज्य, उद्योग र किसान प्रतिनिधि बसेर बराबर (विनविन) हुनेगरि काम गर्नुपर्ने जनज्योती बहुमुखी क्याम्पस लालबन्दीका  प्रमुख सन्तोष बराल बताउँछन् । 
 
उखुको मुल्य निर्धारण गर्न किसान अगुवा सरकार र उधोग बिच पटकपटक  छलफल भएपनि अझै मुल्यको टुङ्गो लाग्न सकेको छैन । यसरी एकातिर  उखुको  मुल्य निर्धारण नहुनु र अर्कोतिर गत वर्ष बिक्री गरेको उखुको पैसा नपाउँदा किसान दोहोरो  समस्यामा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ