- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धादिङ । दुर्घटनामा परेको कारका चालकको उद्धारका लागि गएका प्रहरी नै घाइते भएका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को कार बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको थियो । सो कारका चालकको उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।
घटनास्थल जान लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ ।