arrow

राष्ट्र बैंक नियमन समितिको बैठक बस्दै, के हुन् एजेण्डा ?

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमन समितिको बैठक बसिरहेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा बसेको बैठकले पुँजी बजारमा देखिएका समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने राष्ट्र बैंकले जनाएको छ । 

बैंकका प्रवक्ता नारायण पौडेलले नियमन समितिको बैठक बसिरहेको जानकारी दिए ।कार्यदलले दिएको सुझाव कत्तिको कार्यान्वयन गर्न सकिन्छ ? र कुन् समयसम्म कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बैठक बस्न लागिएको राष्ट्रबैंकले जनाएको छ ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले अर्थमन्त्रीलाई बुधबार प्रतिवेदन बुझाएको थियो। गत बिहीबार नै राष्ट्र बैंकले सोबारे बैंकहरुलाई बोलाएर त्यसको लागि बैंकहरुको भूमिकाको बारे छलफल सामान्य छलफल गरेको थियो । सो लगत्तै बैंकर स‌ंघले व्याजदरको सीमा पनि तोकिसकेको छ। कूल ५८ बुँदामा बुझाईएको सो प्रतिवेदनमा ३६ बुँदा तत्काल गर्नुपर्ने कामको रुपमा उल्लेख गरिएको छ भने बाँकी विषयहरु १ वर्ष भित्र गरिसक्न सुझाव दिईएको छ । त्यसमध्ये २७ बुँदा राष्ट्रबैंकको कार्यक्षेत्र भित्रका छन् । 

प्रतिवेदनको ५८ बुँदामा व्याजदर स्थिरता, पुँजी बजारको स्थिरता र ऋणपत्र बजारको विकासको लागि तत्कालै गर्नुपर्ने कामदेखि एक वर्ष भित्र गरिसक्नुपर्ने काम गरी प्रतिवेदनलाई दुई भागमा बाँडिएको छ। प्रतिवेदनमा व्याजदरको स्प्रेड दर आगामी चैत महिनासम्म ४.७५ प्रतिशत पुर्याउन सुझाव दिईएको थियो । बेस रेटमा प्रतिफलको दर ०.७५ प्रतिशत रहेकोमा त्यसलाई हटाउन सुझाव दिईएको छ । यसले गर्दा कर्जा सस्तो हुने विश्वास कार्यदलको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ