arrow

पशु विमामा बाजुराका पशुपालकको आकर्षण

logo
जनक बोहरा,
प्रकाशित २०७५ पुष १० मंगलबार
cow-farm.png

बाजुरा । मानव स्वास्थ्यको समेत ख्याल नगर्ने बाजुराका स्थानीय पछिल्लो समय पशु पन्छिको समेत विमा तर्फ आकर्षित बनेका छन् । प्राकृतिक प्रकोप, दुर्घटना र विभिन्न प्रकारका रोगका कारण एकै पटक लाखौंको नोक्सानी बेहोर्न नपर्ने भएपछि स्थानीय पशु विमा आकर्षित बनेका हुन् ।

२५ प्रतिशत रकम तिरेर पशु विमा गरे वापत ९० प्रतिशत बजेट फिर्ता पाउने व्यवस्था छ । सत प्रतिशत नोक्सानी बेहोर्नु भन्दा २५ प्रतिशत तिरेर सुरक्षित व्यवसाय गर्नमा पशुपालक किसान तयार छन् ।

जिल्लामा ०७४ मंसिरदेखि सुरु भएको पशु विमा अन्तरगत १४ महिनाको अवधिमा हालसम्म ७ सय ३५ बढी किसानहरुले पशु विमा गराईसकेको युनाईटीटेन इन्स्योरेन्स नेपालका बाजुरा शाखा प्रबन्धक जापना कुमारी शाही सिंहले बताइन् । हालसम्म ५ सय भैसी, २ सय गाई, ३ हजार बढी भेडाबाख्रा , १८ वटा बंगुर , ४० बढी खच्चड सहित पछिल्लो समय १८ वटा पसलले समेत निर्जिवन विमा गराएको शाहीले जानकारी दिइन् ।

विमाबाट हालसम्म ३५ लाख रुपैंपा बैंक डिपोजिट गरिसकेको र ६ लाख रुपैंपा कृषकहरुले लाभाङ्स समेत लिइसकेको शाहिले जानकारी दिइन् ।  

पशुविज्ञ तथा भेटेनरी अस्पताल बाजुरा, कृषि ज्ञानकेन्द्र बाजुरासंगको सहकार्यमा युनाईटीटेन इन्स्योरेन्स नेपालको पहलमा बाली तथा पशु विमा कार्यक्रम सञ्चालन भईरहेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन भईरहेको पशु विमा कार्यक्रम अन्र्तगत बाली तर्फ भने केहि व्यक्तिले मात्रै गराएको बताएको छ ।

बिमा गराए बाफत पूर्ण क्षति भए ९० प्रतिशत, स्थायी रुपमा अपाङ्ग भएकालाई ५० प्रतिशत, थुनेलो भए ३० र बाझोपन भए ५० प्रतिशत रकम दिने व्यवस्था रहेको प्रबन्धक शाहीले  बताउनुभयो । हाल बाजुरामा १४ किसिमका पुश विमा गराएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ