arrow

बैंकहरुको सिसिडी ७६ प्रतिशत मात्रै छ, चिन्ता लिनु पर्दैन : गभर्नर

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
chiranjeevi_nepal2.jpg

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले वाणिज्य बैंकहरुमा लगानी गर्नसक्ने पुँजीको ७६ प्रतिशत मात्रै ऋणमा गएकोले अहिले नै यसमा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद्को विकास समितिमा बोल्दै डा नेपालले वाणिज्य बैंकहरुको सिसिडी अहिले ७६ दशमलव ६४ प्रतिशतमात्रै रहेको भन्दै सिसिडी दर तत्काल नाघ्ने सम्भावना नरहेको प्रतिक्रिया दिए । 

डा नेपालले स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत बैंकहरुमा निक्षेपको रुपमा रहने व्यवस्थाले बैंकहरुलाई कर्जा विस्तार गर्न सहज भएको प्रतिक्रिया समेत दिएका छन् । उनले राष्ट्र बैंकले तोकेको ८० प्रतिशतको सिसिडी रेसियो भन्दा तल रहेर पनि ऋण दिनको लागि बैंकहरुसँग पर्याप्त पुँजी रहेको दाबी गरे । 

उनका अनुसार वित्तीय संस्थाहरुले ऋणपत्र जारी गरी संकलित वित्तीय साधनलाई सिसिडी रेसियोमा गणना गर्दा समावेश गर्ने व्यवस्था गरिएको छ । यसले पनि सिसिडी क्रस नहुने अवस्था नरहेको बताए । चालू आवको मंसिर ६ गतेसम्म ३ वटा वाणिज्य बैंकले ६ अर्ब ८ करोड डिवेन्चर स्वीकृति पाईसकेको सो मध्ये एक बैंकले १ अर्ब ८३ करोडको डिवेन्चर जारी गरिसेकको छ । 

बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण परिचालन गर्न पाउने व्यवस्था पनि गरिसकिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ