arrow

हिन्दू देव सूर्य भगवानसँग जोडिएको ‘क्रिसमस’ को इतिहास

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
hindu-_crismas.jpg

काठमाडौं । मंगलबार नेपाल तथा विश्वभरका इसाईहरुको महान पर्व क्रिसमस मनाइदैछ । २५ डिसेम्बरको दिन मनाईने क्रिसमसको लागि इसाई मुलुकहरुमा १ महिनादेखि नै क्रिसमस महिनाको रुपमा विशेष कार्यक्रम हुने गरेको छ । तर, यो पर्व २५ डिसेम्बरमा नै किन मनाईन्छ त ? यो विषयमा भने विविध तर्कहरु अगाडि आउने गरेका छन् ।
 
भारतको धर्मसंस्कृति सम्बन्धि विषय समेट्ने वेव दुनियाले भने यस विषयमा नयाँ तथ्य फेला परेको जनाएको छ । वेव दुनियाका अनुसार क्रिसमस पर्वको इतिहास हिन्दूधर्मालम्बीहरुले पूजागर्ने भगवान सूर्यसँग जोडिएको बताइएको छ । जिसस क्राईस्ट कुन दिन जन्मिएका थिए भन्ने विषयमा कुनैपनि इसाईहरुमा एकमत छैन । कसैले २५ डिसेम्बरमा जन्मिएकोले यही सम्झनामा क्रिसमस मनाउन थालिएको बताउँछन् भने धेरैले यसलाई स्वीकार गर्ने गरेका छैनन् ।
 
जब इसाई धर्म अन्यत्रबाट यूरोपमा पुगेको थियो त्यहाँ पहिलेदेखि नै सोही प्रकृतिको संस्कृति मनाउँदै आईएको थियो । तर युरोपका मानिसहरुले आफ्नो राष्ट्रिय पर्व भने २५ डिसेम्बरको दिनलाई मान्ने गरेका थिए किनभने त्यहाँ त्यतिबेला २५ डिसेम्बरबाट सूर्य उत्तरायण भर्इ दिन लामो हुन सुरु हुने भएकोले उनीहरुले सूर्यको पुनर्जन्मको रुपमा डिसेम्बर २५ तारिकलाई आफ्नो पर्वको रुपमा मनाउँदै आईएको थियो ।
 
पछि विस्तारै युरोपमो प्रभाव विश्वभरीका इसाईहरुमा पर्दै गयो र अन्तमा क्रिसमस नै २५ डिसेम्बरमा मनाउने थालिएको हो भन्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार :

क्रिसमसबारे धेरैलाई थाहा नभएका तीन रोचक प्रसंगहरु

विश्वभर क्रिसमसको रौनक, नेपालमा कस्तो ? 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ