arrow

पाँच महीनामा तीन खर्ब सात अर्ब राजश्व सङ्कलन

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
tax-planning.jpg.jpeg

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महीनामा रु तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व सङ्कलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३ दशमलब ५० प्रतिशत मात्रै भएको छ । विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ दशमलब शून्य पाँच प्रतिशत रहेको छ ।

यस्तै वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ रु ९३ अर्ब ६९ करोड र अनुदानतर्फ रु १८ अर्ब ४४ करोड गरी कूल रु एक खर्ब १२ अर्ब १३ करोड परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन । अर्थ मन्त्रालयका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका थिए ।

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई अझ बढी प्रभावकारी, गुणस्तरीय तथा मापनयोग्य बनाउन जोड दिएका थिए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्ने, नयाँ तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने कानूनको कार्य शीघ्र अघि बढाउने, पूँजीगत खर्चमा जोड दिने तथा बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ