arrow

मनिषाद्धारा जन्मदिनमा दृष्टिविहीन विद्यार्थीलाई सहयोग

logo
सीता डोटेल
प्रकाशित २०७५ पुष ११ बुधबार
sahayog3.jpg

पाल्पा । नेपाली समाजमा पछिल्लो समय जन्म उत्सव, विवाह ब्रतबन्धमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएका बेला पाल्पाकी एक किशोरीले आफ्नो जन्मदिनका अवसरमा दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गरेकी छिन् । 

तानसेन नगरपालिका ६ की १७ बर्षिया मनिषा केसीले आफ्नो जन्मदिनको अबसर पारेर तानपा ९ को दमकडा नमूना माविमा अध्ययनरत ३५ जना दृष्टिविहीन विद्यार्थीलाई ज्याकेट सहयोग गरेकी हुन् । 

समाजमा जन्मउत्सव, विवाह, ब्रतबन्धन जस्ता कार्यमा भोजभतेर गरी फड्किलो गर्ने परिपाटीलाई सानै उमेरमा उनले गतिलो झापड दिएकी छिन् । 

विद्यालयमै पुगेर केसीले एक कार्यक्रमका बीच दृष्टिविहीन विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेकी हुन् । ज्याकेट बितरण गर्दै केसीले जन्म दिनमा गर्ने खर्च दृष्टिविहीन साथीहरुलाई सहयोग गरे केही भएपनि राहत मिल्ने भएकाले सहयोग गर्ने सोच आएको बताईन् । 

उनले आफ्नो जन्मदिनमा पहिलो पटक सहयोग गर्न पाउँदा आफू निकै खुसी लागेको र आगामी बर्ष पनि सहयोग गर्ने जानकारी दिइन् । कार्यक्रममा मनिषाका बुबा अर्जुन केसीले छोरीको सोच फरक र महत्वपूर्ण भएकाले आफुले साथ दिएको बताए । 

दमकडा नमूना माविका दृष्टिविहीन शाखा प्रमुख धनपती गैरेले मनिषा र मनिषाको परिवारले एक उदाहरणीय कार्य गरेको र यो पाठ अरुले पनि सिक्नु पर्ने बताए । दृष्टिविहीन विद्यार्थीको तर्फबाट बोल्दै सन्दिप थापाले आफुहरुलाई गरेको सहयोग प्रती धन्यवाद ब्यक्त गरे । 

विद्यालयका प्राचार्य मोहनप्रसाद सापकोटाले मनिषाले आम युवाहरुका लागि उत्प्रेरणा दिने काम गरेको र सधै समाज सेवामा लाग्न सुझाव दिए । 

कार्यक्रममा संचारकर्मी तथा गाएक सुमन गैरेले मनिषाले गरेको सामाजिक कार्यले आफू लाई पनि उत्प्रेरणा थपेको बताए। कलाकार विजय बम्डेलले दृष्टिविहीन विद्यार्थीहरुलाई आफुले पनि आगामी दिनमा सहयोग गर्ने बताए । 

विद्यालयमा हाल नेपालका बिभिन्न जिल्लाका ३५ जना दृष्टिविहीन विद्यार्थी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ