arrow

३० बैंकका १० लाख कर्मचारी हड्तालमा

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
indian-bank.jpeg

काठमाडौं । सरकारी बैंक मर्जरको विरोध संगसंगै तलव वृद्धिको माग राख्दै भारतमा बैंकमा काम गर्ने कर्मचारीहरु सामुहिक हड्तालमा उत्रेका छन् ।

२१ सरकारी र ९ निजी गरी ३० बैंकका १० लाख कर्मचारी एकैपटक हड्तालमा उत्रेपछि भारतमा बैंकको कारोबार ठप्प भएको छ । 

युनाइटेड फोरअ फ बैंक युनियनको नेतृत्वमा कर्मचारीहरु हड्तालमा उत्रेका हुन् । यो युनियनमा अरु पाँच युनियन पनि सामेल भएका छन् । 

यिनीहरुमा फेडरल, कर्नाटका, करुर वैश्य, धनलक्ष्मी र लक्ष्मीविलास बैंक सामेल छन् । 

हड्ताल गर्नुपर्ने कारणमा सरकारले बैंक अफ बडौदा, देना बैंक र विजया बैंक मर्जर पनि हो । इन्डियन बैंक एसोसिएसनले ८ प्रतिशत तलव बढोत्तरीको प्रस्ताव गरेको छ । जुन कर्मचारीलाई मन्जुरी छैन । 

बैंकमा सर्वसाधारणको पनि सेयर रहेकाले सरकारले एकल निर्णय गर्न नहुने कर्मचारीहरुको माग छ । 

कर्मचारी संघले बैंक लगातार पछिल्लो समय घाटामा गएका जिम्मा सरकारले लिनुपर्ने समेत बताएका छन् । 

कर्मचारीहरुको यो एक हप्ताको अवधिमा दोस्रो हड्ताल हो । गत शुक्रबार पनि हड्ताल गरेका थिए । शनिबार र आइतबार सार्वजनिक बिदा, सोमबार एक दिन कार्यालय खुले भने मंगलबार क्रिसमसको बिदा थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ