arrow

मयंकले छलाङ लगाए, डेब्यूमै कमाल

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
mayank-agrawal.jpg

काठमाडौं । भारतीय क्रिकेट खेलाडी मयंक अग्रवालले डेब्यु खेलमै कमालको प्रदर्शन गरेका छन् । अष्ट्रेलिया र भारतबीच मेलबर्नमा भइरहेको तेस्रो टेष्टमा डेब्यु गरेका मयंकले प्रशांसायोग्य ७६ रन बनाए । 

उनले १६१ बलको सामना गर्दै ७६ रन बनाएका थिए । उनलाई प्याट् कमिन्सले आउट गरे । 

संयमित खेलेको भारतले पहिलो विकेटका रुपमा हनुमा बिहारीलाई ब्यक्तिगत ८ रनमा गुमाएको थियो । 

चेतेश्वर पूजाराले तेस्रो स्थानमा आएर राम्रो खेलिरहेका छन् । 

India vs Australia Series Melbourne Third Test: Live News And Updates

कप्तान विराट कोहलीले रोहित शर्मालाई खुलेर खेल्न सकून् भन्दै छैटौं स्थानमा ल्याएका छन् । 

चार खेलको श्रृंखलामा पहिलो खेल भारतले ३१ रनले र दोस्रो खेल अष्ट्रेलियाले १४६ रनले जितेको छ ।

चेतेश्वर पुजारा के शॉट से बचने की कोशिश करता ऑस्ट्रेलियाई क्षेत्ररक्षक।

बक्सिङ डे भिडन्त रोचक हुनेछ ।  संयमित खेलिरहेको भारतले पहिलो दिनको चिया समयसम्म टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ५४.५ ओभर खेल्दै २ विकेटको नोक्सानीमा १२३ रन जोडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ