arrow

वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने, कसले केकालागि पाउँछन् ऋण ?

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय मुद्रामा पनि ऋण लिन सक्ने व्यवस्था गरेको छ । मंगलबार राष्ट्र बैंकको विदेशी विनियमय व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तीका अनुसार सीमित कामको लागि बैंकहरुले भारतीय मुद्रामा पनि ऋण लिनसक्ने व्यवस्था गरेका हुन् । 

सरकारको यो आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएको व्यवस्था अनुसार विदेशी विनियम(नियमित गर्ने) ऐन २०१९ को अधिकार प्रयोग गरी यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस बैंकबाट इजाजतपत्र प्राप्त ूकू वर्गका बैंकहरुको नवीकरणीय उर्जा ९जलविद्युत, सौर्य उर्जा र आयु उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, पुल जस्ता भौतिक पूर्वाधार हाउजिङ जग्गा विकास जस्ता रियलस्टेटको क्षेत्र०बाहेक विदेशी मुद्रा आर्जन गर्ने पर्यटन कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनाको लागि वित्तीय साधनको प्रवन्ध गर्न भारत स्थित बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । 

यसरी भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पुँजीको ५० प्रतिशतको सीमा भित्र रहनुपर्ने बताईएको छ । 

बैंकका अनुसार यस बैंकले तोकेको पुँजीकोष कायम गरेका बैंकहरुले मात्रै यो सुविधा लिन सक्ने बताईएको छ । यस्तो ऋण लिन ऋण प्राप्त गर्ने बैंकको सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने बताईएको छ । साथैं ऋण दिने बैंक तथा वित्तीय संस्थालाई अन्तराष्ट्रिय रुपमा वित्तीय कारोबार गर्नमा कुनै किसिमको प्रतिबन्ध लागेको हुन नहुने पनि बताईएको छ । 

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना ः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ