arrow

७ वर्षे सहकप्तानको सुझाव: छक्का हान्नुहोस्, विकेट लिनुहोस्

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
austrilla.png

काठमाडौं । अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट सुरु भएको छ । यो खेलका आकर्षण बन्न पुगेका छन्, अष्ट्रेलियाका ७ वर्षीय सहकप्तान आर्ची शिलर । उनी कुनै पनि मुलुकको लागि सबैभन्दा कान्छा सहकप्तान हुन् । उनलाई टोलीका कप्तान टिम पेनले सहकप्तान चयन गरेका हुन् ।

पछिल्लो केहि दिनदेखि आर्चीले अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास गर्दै आएका थिए । गत डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो।

उक्त शल्यक्रियामा चिकित्सकले जे पनि हुनसक्ने बताएपछि लाई आफ्नो इच्छाबारे सोधिएको थियो । त्यतिखेर उनले अष्ट्रेलियन टोलीको कप्तानी गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने आफ्नो इच्छा रहेको बताएका थिए ।

आर्चीको उक्त प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले सात वर्षे बालकलाई उनको चाहना पूरा गर्न मौका दिएको हो । अस्ट्रेलियाली कप्तान टिम पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा यस्तो घोषणा गरेका हुन्। आर्ची अस्ट्रेलियाली स्पिनर नाथन लायनका ठूलो फ्यान पनि हुन्।

आर्ची तीन महिनाको हुँदा उनलाई मुटुरोग लागेको थियो। त्यतिखेर मेलबर्नमा डाक्टरहरूले सात घन्टा लगाएर उनको पहिलो सर्जरी गरेका थिए। ६ महिना पछि फेरि उनको मुटुको भल्ब फेर्नुपर्‍यो।  त्यसपछि पुनः उनलाई मुटुको समस्या बल्झियो । चिकित्सकका अनुसार अब उनको मुटुको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको छ।  यसमा जे पनि हुन सक्ने बताएका छन्।

तेस्रो टेस्ट सुरु हुनुभन्दा अगाडि शिलरले कप्तान पाइनेलाई सुझाव दिएका छन् – छक्का हानुहोस्, विकेट लिनुहोस् । बुधबार खेल सुरु हुनुअघि भएको टसमा भारतीय कप्तान विराट कोहली र अष्ट्रेलियन कप्तान टिम पेनसँग उनी पनि उपस्थित थिए ।

टस भारतले जितेपछि कोहलीले पहिले ब्याटिङ रोजेका थिए तर शिलरको चाहना पनि पहिला ब्याटिङ गर्नु रहेको अष्ट्रेलियाली कप्तानले बताए ।

शिलरले यस्तो पिच ब्याटिङको लागि उपयुक्त हुने आफ्ना पिता बताएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ