काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरिमामय संसद्मा झुट नबोल्न नेकपा अध्यक्षका प्रचण्डलाई सुझाव दिएका छन् । उनले देशमा शान्ति सुरक्षा झन् खस्किएको, विकासका कामहरुमा एकदमै निराशा रहेको जस्ता समस्याहरु ज्यूँका त्यूँ रहँदा रहँदै पनि अनेकानेक काल्पिनिक तथ्यहरु सिर्जना गरेर संसद्मा बोलेको प्रति टिप्पणी गर्दै नेता भट्टराईले यो गरिमामय संसद्मा झुट नबोलिदिन अनुरोध गरेका छन् ।
उनले जनयुद्धमा हिँडेका गाउँघरहरुमा अझैसम्म पनि विकास पुग्न नसकेको र शहरमा समेत विकासको अलिकति पनि महसुस हुन नसकेको भन्दै उनले नेताहरुको रातारात वंगलाहरु ठडिने परिपाटीलाई भुलेर संसद्मा झुट बोलिएको आरोप लगाएका छन् ।
उनले जनप्रतिनिधिहरुले नै दोहोरो सुविधा जस्ता विवादास्पद काममा संलग्न भएको तर्फ चिन्ता व्यक्त गर्दै आफू नसुध्रिएसम्म अरुलाई सुधार्न नसकिने स्पष्ट पारेका छन् ।