arrow

‘ए’ डिभिजन लिग :उपाधि भिडन्त आज

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
a-division.jpg

काठमाडौँ । तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।

जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उपाधि जित्नेछ भने सङ्कटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ः३० बजे हुने खेलमा मनाङले सङ्कटालाई हराउन सके कीर्तिमानी आठाँै पटक ए डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ ।

अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा सङ्कटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो मनाङ ।

पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अङ्क जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अङ्क तथा समान खेलबाट सङ्कटाको २५ अङ्क छ ।

लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइ राख्ने जिम्मेवारी भने सङ्कटाको काँधमा छ । आजको खेलमा सङ्कटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले सङ्कटाको लिग जित्ने गणितीय सम्भावना समेत बाँकी राख्नेछ ।

यस सिजन अपराजित एक्लो टोली मनाङले दशौँ चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । सङ्कटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अङ्क जोडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ