arrow

प्राविधिक शिक्षामा जोड दिनुपर्छः मुख्यमन्त्री पौडेल

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
dormani.JPG

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका छन्।

मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको छ भने ।

उहाँले शिक्षा क्षेत्रमा लागेका शिक्षक, व्यवसायी र विद्वान्लाई निष्पक्षरुपमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।कार्यक्रममा उनले सो विद्यालयका पूर्वशिक्षक कौशलराज पाण्डेलगायतका व्यक्तित्वलाई सम्मान गरे ।

सोही अवसरमा प्रदेश नं ३ का सांसदद्वय प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँले पनि नेपालमा शिक्षाको विकास राम्रोसँग भइरहेको उल्लेख गर्दै थप गुणस्तरीय एवं प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक जयराम थापाले पनि आफ्नो विद्यालयको बारेमा जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ