arrow

सन्दिपको उत्कृष्ट बलिङ प्रदर्शन जारी, मेलबर्न बिजयी

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
Sandeep_bbl1.jpg

काठमाडौं। अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) टि-२० क्रिकेट प्रतियोगितामा नेपालका सन्दिप लामिछानेको उत्कृष्ट प्रदरशन जारी रहेको छ। मेलबर्न स्टार्सबाट केलिरहेका सन्दिपले सिड्नी सिक्सर्स बिरुद्धको खेलमा ४ ओभरमा १८ रन खर्चिमदै २ विकेट लिएका छन्। मेलबर्नले सिड्नीलाई ५ विकेटले पराजित गरेको छ। 

सन्दिपले प्रतियोगितामा राम्रो प्रदर्शन जारी राख्ने क्रममा तीन खेलमा ७ विकेट लिंदै जारि प्रतियोगितामा धेरै विकेट लिने खेलाडी भएका छन्। उनले सिड्नी सिक्सर्सका स्टिव ओकेफेले पनि ७ विकेट लिएका छन्। 

टस जितेर पहिले क्षेत्ररक्षण रोजेको मेलबर्नले कसिलो बलिङ गर्दै निर्धारित २० ओभरमा १ सय ३० रनमा समेटेको थियो। मेलबर्नका लागि सन्दिपले २ विकेट लिएका थिए भने ज्याक्सन कोलम्यानले ३ विकेट हात पारेका थिए। 

सिड्नीका जोर्डन शिल्कले ४१ रनको योगदान दिएका थिए भने सिन एबटले २२ रनको योगदान दिएका थिए। जवाफमा ब्यटीङ गर्ने ओर्लेको मेलबर्नले ५ विकेटको क्षतीमा १ सय ३२ रन बानउँदै जित हासिल गरेको थियो। मेलबर्नका लागि पिटर ह्यान्ड्सकम्बले ७० रन बनाउँदै आफ्नो टोलीका लागि जितको बाटो सहज बनाएका थिए। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ