arrow

सुजाता कोईरालाद्वारा सभापति पदको उम्मेद्वारी फिर्ता

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
sujata.jpg.jpeg
काठमाडौं। पार्टी संकटमा भएकोले रामचन्द्र पौडेललाई समर्थन गर्ने भन्दै काँग्रेस नेतृ सुजाता कोईरालाले आफ्नो सभापति पदकालागि दिएकी उम्मेद्वारी फिर्ता लिएकी छिन्। 
 
एकदिन अघि फागुन १९मा 'चाबी आफ्नो हामा छ र कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडान देखाएकी कोईरालाको 'चट्टान' जस्तो अडान कसरी पग्लियो त्यो समयले बताउला । कोईरालाले आफु अब केन्द्रिय सदस्यमा उठ्ने र पौडेल प्यानललाई सहयोग गर्ने बताएकी छिन्। 
 
अर्का सभापतिका उम्मेद्वार रामचन्द्र पौडेलसँग भएको छलफल पछि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी हुन्। पौडेल निर्वाचित भएपछि कुनै राम्रै पदको आसमा उम्मेद्वारी फिर्ता भएको स्रोतले बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ