काठमाडौं। एनआईसी एशिया बैंकले फेसबुक मार्फत ‘साथी’ नामक च्याटबोट संञ्चालनमा ल्याएको छ।
च्याटबोट पुस १० गतेबाट सञ्चालनमा रहेको बैंकले जनाएको छ।‘साथी’ च्याटबोट मार्फत बैंकका ग्राहकले आफ्ना गुनासा तथा जिज्ञासाको आधिकारीक जवाफ प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
देशभरि गरि बैंकको २७० शाखा, २८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर एवं २० शाखा रहित बैंकिङ्ग इकाई रहका छन्।