arrow

संसदमा बोल्दाबोल्दै गगन थापाको माइक काटियो 

किन काटिन्छ पटक पटक गगनकै माइक ?

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
gagan-thapa-parlinment.jpg

काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा संसद्मा नेपाली काँग्रेसमा सांसद् गगन थापा नाम पनि वक्ताको रुपमा टिपाईएको थियो । संसद्मा उनको नाम टिपाईएको बारे विहानै काँग्रेस सचेतक पुष्पा भुषालले थापालाई जानकारी दिएकी थिईन् । भुषालले पहिले थापाको समय ६ मिनेट मिलेको बताएकी थिईन् भने पछि समय व्यवस्थापन मिलाउँदा ४ मिनेट मात्रै समय मिलेको जानकारी दिएकी थिईन् । 

४ मिनेटको समयमा थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुधबारको अभिव्यक्ति र कर्मचारी समायोजन बारे बोल्ने तय भएको थियो । संसद्को शून्य समयमा तोकिएको यो समयमा नेता थापाले सरकारलाई चेतावनी दिनै लाग्दा संसद्ले निर्धारित समय अगावै माईक काटिदिएपछि काँग्रेसले यसमा आपत्ति जनाएको छ ।  

नेकपाकी सांसद् रेखा शर्माले बोलिसकेपछि बोलेका सांसद् थापाको साढे २ मिनेटमा नै माईक काटिएको थियो । उनले ‘कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता नलिए...’ मात्रै भनेपछि उनको माइक काटिएको थियो । त्यो समयमा संसद् सचिवालयको लाईभ अनुसार पनि थापाले २ मिनेट २५ सेकेण्ड मात्रै बोल्न पाए । 

उनको यसरी माइक काटिएपछि नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यसप्रति नियमापत्ति जनाएका थिए । उनले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले थापाले समय भन्दा बढी साढे ४ मिनेट बोलेको दाबी गरे । तर, नेता थापा, खाँण लगायतका नेताहरुले आफूसँग रहेको प्रमाण देखाउन थालेपछि सभामुख महराले यसमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले यो प्राविधिक विषय रहेको बताउँदै ध्यानाकर्षण जनाएका हुन् । 

किन काटिन्छ पटक पटक माईक ?

प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन्। 

‘सभामुख कृष्णबहादुर महराले मलाई ४ मिनेट समय दिएर बोलाउनुभयो तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन। पटकपटक माइक किन काटिन्छ ?’

शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका थिए। १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको थियो। 

सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए। कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका हुन्।

‘बीचमै माइक काटिएकोप्रति आपत्ति जनाएपछि सभामुखबाट मैले संसदको घडी बिग्रिएको जवाफ पाएँ’, कांग्रेस सचेतक खाँडले भने, ‘समय कटौती गरिने कुरा आपत्तिजनक छ।’

बैठकमा कांग्रेसका तीन सांसदले बोल्नका लागि १२ मिनेट छुट्याइएको थियो। कार्यव्यवस्था समितिमा भएको समहमतिका आधारमा कांग्रेस नेता थापालाई बोल्नका लागि सभामुखले ४ मिनेट छुट्याएर बोलाएका थिए। 

थापाले बैठकको विशेष समयमा कर्मचारी समायोजन अध्यादेशका बारेमा आफ्ना विचार राख्दै थिए। तर, छुट्याइएको ४ मिनेट नदिएर झन्डै २ मिनेट ३० सेकेन्डमा आफ्नो माइक अवरुद्ध गरिएपछि उनले असन्तुष्टि जाहेर गरेका हुन्।

‘दिएको समय कसैको पनि कम गर्न पाइँदैन। विषय हेरेर बरु १० सेकेन्ड जति थपिन्छ’, उनले भने, ‘मैले बालकृष्ण ढुंगेलको विषयमा बोल्ने क्रममा पनि २ः३० मिनेटमै काटिएको थियो।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ