arrow

विश्वका सबैभन्दा बढी हेरिने खेल प्रतियोगिताहरु

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
football7.jpg

काठमाडौं। विश्वभर खेलकूदका विभिन्न किसिमका प्रतियोगिताहरु हुने गरेका छन्। खेलमा मानिसहरुको रुचिअनुसार फरक फरक प्रतियोगितामा चासो दिनेको संख्या पनि त्यसैअनुसारको हुन्छ। त्यसमध्ये विश्वभर सबैभन्दा बढी हेरिने १० प्रतियोगिताहरु यहाँ उल्लेख गरिएको छ – 

१. फिफा विश्वकप
फिफा विश्वकप विश्वमा सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता हो। फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता भएको कारण यसमा विश्वका धेरै मानिसहरुले चासो राख्ने गरेका छन्। सन् २०१४ को विश्वकपको फाइनल खेल विश्वभरबाट ३ अर्ब ५० करोड मानिसहरुले हेरेको अनुमान गरिएको छ । यो खेल अर्जेन्टिना र जर्मनीको बीचमा भएको थियो।

२. टूर डे फ्रान्स 
साइकल प्रतियोगिता यति धेरै मानिसहरुले हेरे होला भनेर सायदै कसैले विश्वास गर्न सक्छ तर यो प्रतियोगिताका औसत टेलिभिजन दर्शक २ अर्ब ६० करोड थिए। यतिमात्र पनि होइन यो प्रतियोगिता वर्षको सबैभन्दा धेरै मानिसहरु उपस्थित भएको प्रतियोगिता थियो। 

३. ओलम्पिक गेम्स 
ओलम्पिक गेम्स पनि विश्वभर चासोका साथ हेरिने प्रतियोगिता हो। यो प्रतियोगितालाई पनि विश्वभरका २ अर्ब मानिसहरुले नियालेका थिए। यसअघिको ओलम्पिकमा उसेन बोल्ट, वाडे भान नइकेर्क र माइकल फिल्पले आफूलाई साबित गरेका थिए। आगामी ओलम्पिक २०२० मा जापानको टोकियोमा हुँदैछ।

४. च्याम्पियन्स लिग 
युरोपको सबैभन्दा प्रतिष्ठित फुटलब क्लबको प्रतियोगिता च्याम्पियन्स लिग पनि सबैभन्दा धेरै हेरिने प्रतियोगितामा पर्छ यो प्रतियोगिताको टीभी दर्शक १ अर्ब ७०  करोड पुगेका थिए। 

५. फिफा कन्फेडेरेसन कप 
फिफा विश्वकप हुनुभन्दा १ वर्षअघि आयोजक मुलुकले विश्वकपको तयारीको रुपमा यो प्रतियोगिता आयोजना गर्ने गर्छ । सन् २०१७ मा यो प्रतियोगिता आयोजना गरिएको थियो। यो प्रतियोगिता पनि १ अर्ब मानिसहरुले हरेका थिए। 

६. एसियन गेम्स 
एसिया विश्वको समग्र जनंख्याको आधाभन्दा बढी जनसंख्या रहेको ठाउँ हो। त्यसैले यहाँकाक मुलुकहरुको खेल धेरै मानिसहरुले हेर्नु स्वाभाविक हो। यो प्रतियोगिता ९८ करोड ६० लाख मानिसहरुले हेरेका थिए। 

७. रग्बी विश्वकप 
या प्रतियोगिता पनि विश्वभर निकै चासोका साथमा हेरिने गरिन्छ। यो प्रतियोगिताका औसत दर्शक ७८ करोड ९० लाख रहेका छन्। यो प्रतियोगिता उत्तरी गोलार्धमा लोकप्रिय छ। 

८. गिरो डी इटालिया 
इटालीको साइकल रेसिङ पनि निकै चर्चित प्रतियोगिता हो। यो प्रतियोगिताले ७७ करोड ५० लाख मानिसहरुको ध्यान आकर्षित गरेको थियो। 

९. विन्टर ओलम्पिक 
विन्टर ओलम्पिक पनि विश्वभर हेरिने प्रतियोगिता हो। यो प्रतियोगिताका दर्शक ४७ करोड ८० लाख रहेका छन्। 

१०. क्रिकेट विश्वकप 
क्रिकेट एकदिवसीय विश्वकप भने सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिताको १० औं स्थानमा रहेको छ। यो विश्वकपमा भने ४० करोड मानिसहरुले यो प्रतियोगिता हेरेका थिए। यद्यपि सन् २०१५ को विश्वकपको भारत र पाकिस्तानको खेलमा भने विश्वभर १ अर्बभन्दा बढी मानिसहरुले हेरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ