arrow

फुटबलबारे धेरैलाई थाहा नभएका रोचक तथ्य

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
football-interesting-facts.jpg

काठमाडौं। विश्व खेल जगतमा फुटबल सबैभन्दा लोकप्रिय खेल हो। विश्वभर यो खेललाई धेरै मानिसहरुले नियाल्ने गरेका छन्। यद्यपि फुटबलबारे केही यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन पनि सक्छ। जसमध्ये केही यहाँ उल्लेख गरिएको छ– 

१. फुटल सबैभन्दा ठुलो खेल हो र फिफा विश्वकप विश्वभर सबैभन्दा धेरै हेरिने खेल हो। 

२. फुटबल मात्र यस्तो एउटा खेल हो, जहाँ मैदानमा हातले बल छुज पाइँदैन। 

३. फुटबलको उद्योगमा कुनै पनि खेलको भन्दा धेरै पैसा लगानी हुने गरेको छ। 

४. फोब्र्सको प्रतिवेदनअनुसार फुटबल क्लाहरु विश्वमा सबैभन्दा धनी खेल कम्पनी हुन्। जसमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियल मड्रिडजस्ता क्लबहरु अगाडि छन्।

५. विश्वभर फुटबलले चिनिने यो खेललाई अमेरिकामा सकर भनिन्छ। 

६. फुटबलका समर्थकहरु खेलप्रति निकै नै गम्भीर हुने गरेका छन्। एकपटक एक एक फ्रान्सेली फ्यानले विपक्षी टोलीको एक फ्यानलाई दुई गोली हानेका थिए। एक गोलको बदलामा एक गोली भन्दै उनले ३ गोली हानेका हुन् । 

७. अहिलेसम्म फुटबल कहिले सुरु भएको हो भन्ने थाहा छैन तर सन् ३००० वर्षअघि यो खेल चीनबाट सुरु भएको अनुमान गरिएको छ। त्यतिबेला कपडाहरु बेरेर फुटबल बनाइन्थ्यो। मध्यकालमा भने युरोपमा फुटबललाई केही सुधार गरिएको थियो। 

८. आधुनिक फुटबल छालाको विभिन्न प्रशोधित तहहरुबाट निर्माण हुने गरेको छ। 

९. आधुनिक फुटबल सन् १८६३ मा बेलायती नागरिकले आविष्कार गरेका थिए। 

१०. सन् १९०४ मे २१ मा फिफाको स्थापना भएको थियो। जसमा सबै विदेशी संस्थाहरुलाई एक बनाउने उद्देश्य राखिएको थियो।

११. ओलम्पिकमा व्यावसायिक फुटबलरहरुलाई प्रवेश नदिइएपछि फिफाले विश्वकप ल्याएको थियो। पहिलो विश्वकप १९३० मा उरुग्वेमा गरिएको थियो। जसमा १३ टोली सहभागी थिए।

१२.पहिलो विश्वकप युरोपभन्दा बाहिर गर्ने मामिलामा असन्तुष्टि जनाउँदै स्वीडेन, अष्ट्रिया, नेदरल्याण्ड्स, स्विट्जरल्याण्ड, स्पेन, हंगेरी, इटाली र जर्मनीले यो प्रतियोगिता बहिष्कार गरेका थिए। युरोपबाट युगोस्लोभाकिया, रोमानिया, बेल्जियम र फ्रान्सले सो प्रतियोगिता खेलेका थिए।

१३. विश्वकप प्रत्येक ४ वर्षमा हुने गरेको छ तर दोस्रो विश्वयुद्धको कारण भने यो प्रतियोगिता १२ वर्ष रोकिएको थियो।

१४. ब्राजिल विश्वकपको फाइनलमा सबैभन्दा बढी जित हासिल गर्ने टोली हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ