arrow

मनाङ्का मनकारी सांसद घलेले कालिकोटका अग्नीपिडितलाई पठाए १ लारव सहयोग

logo
प्रकाशित २०७५ पुष १४ शनिबार

काठमाडौं । मनाङ्बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद कर्मा घलेले कालिकोट जिल्लाको पलाता गाउँपालिकाका अग्नि पीडितलाई १ लाख नगद आर्थिक सहयोग गरेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका घलेले पौष ९ गते राति कालिकोट जिल्लाको पलाता गाउपालिका वडा नम्बर १ खाडा गाउको बस्तीमा आगलागी भइ नष्ट भएका ८७ घरका आश्रित परिवारलाई सहयोग हुनेगरि सो रकम पठाएका हुन् ।

आगलागीमा परेर ८७ जलेर नस्ट हुनुको साथै घरमा भएको लाखौ मुल्यको सामान समेत नस्ट भएको थियो। आगलागीमा परि स्थानिय ७ जना घाइते समेत भएका छन्।

परोपकारी काममा लागिपर्ने सांसद घलेले सो घटनाका पिडितलाई सहयोग स्वरुप १ लाखको चेक नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष बम मार्फत पिडितहरुकहाँ पुग्ने गरि हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण पछि सांसद घलेले घटनाबारे आफुले विभिन्न सन्चारमाध्यम र साथीहरुबाट जानकारी पाए पछि मानवताको नाताले सहयोग गरेको बताए। आफू कुनै भुगोल बिशेषको मात्र प्रतिनिधि नभई सम्पुर्ण देशबासीका जनताको मतबाट सांसद भएकाले यस्तो मानबीय सम्बेदनामा सहयोग गर्नु आफ्नो दायित्वबोध गरि सहयोग गरेको सांसद घलेले बताए।

सहयोग रकम बापतको चेक बुझ्दै नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष बमले बिपतको घडीमा सांसद घलेले आफ्नो जिल्लाका पिडितहरूलाई पुग्ने गरि सहयोग गरेकोमा धन्यवाद दिदै सांसद घलेको मनकारी छवी कालिकोटबासीले सदैव याद गर्ने बताए। सभापति बमले आगलागीबाट पिडित चिसोको समयमा त्रिपाल मुनि बसिरहेका र खाद्यान्न, लत्ताकपडा लगायतको समस्या भएकाले सम्पुर्ण निकायसंग सहयोगका लागि अपिल गरे।

आगलागी पिडितहरुलाई नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट प्रतिपरिवार १० हजारका दरले नगद दिने निर्णय समेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ