arrow

लामो उडानमा लिभरपुल, आर्सनलमाथि जित निकाल्न फर्मिन्होले ठोके वल्ड क्लास ह्याट्रिक

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
firmino-liverpool.jpg

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजनको उपाधितर्फ लिभरपुल निकै अगाडि पुगेको छ । लिभरपुलको प्रतिस्पर्धामा रहेका क्लबहरु धेरै पछाडि परिसकेका छन् ।

दोस्रो स्थानको टिमसंग ९ अंकको अन्तर भइसकेको छ भने गोल अन्तर पनि निकै माथि छ । 

२० औं चरणको खेलमा शनिबार राति लिभरपुलले बलियो प्रतिद्धन्द्धी आर्सनलमाथि ५–१ गोल अन्तरले हराएर अझ बढी बलियो भएको दावेदारी प्रस्तुत गरेको छ । 

Liverpool forward Firmino equalised just three minutes after Jurgen Klopp's side went behind against the Gunners

एन्फिल्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिनोले ह्याट्रिक गरे ।

Firmino tapped the ball home with a no-look finish to bring Liverpool level in the 14th minute of the league match at Anfield

उनको यो ह्याट्रिकलाई अन्तर्राष्ट्रिय मिडियाहरुले ‘वल्ड क्लास’ भनी नाम दिएका छन् । 

Brazil star Firmino celebrates after scoring Liverpool's first goal of the match to get his side back into the game in the first half

त्यसैगरी इजिप्सियन खेलाडी मोहोमद सालेह र सादियो मानेले एक–एक गोल थपे । आर्सनलका आइन्से मेटल्याण्ड नाइस्लले गोल गर्दै सुरुवाती लिड लिए पनि हारले भने त्यो गोल फितलो सावित भयो ।

Firmino scored Liverpool's second just two minutes later after dribbling past two Arsenal defenders on the edge of the box

जितसँगै लिरभपुलले अंक तालिकाको दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ९ अंकको अग्रता बनाउँदै ५४ अंक जोडेको छ । 

टोटनह्यामको ४५ अंक छ । शनिबार राति घरेलु मैदानमै टोटनह्याम पराजित भयो । उसलाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–१ गोल अन्तरले हरायो । यो हारले टोटनह्यामको दोस्रो स्थान पनि खतरामा परेको छ । 

शनिबार रातिका अन्य खेलमा ब्राइटनले एभर्टनलाई १–० ले, फुल्हमले हडर्सफिल्डलाई १–० ले र कार्डिफले लेष्टर सिटीलाई १–० ले हरायो । वाट्फोर्ड र न्युकासल युनाईटेडले १–१ गोलको बराबरी खेले ।

Firmino celebrates with Liverpool team-mate Andy Robertson after putting the Reds 2-1 up against the Gunners at Anfield

Sadio Mane scores Liverpool's third goal of the game from close range in the 32nd minute of the Premier League encounter

Mane celebrates with his team-mates Mohamed Salah and Firmino after putting Liverpool 3-1 up in the first half on Saturday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ