arrow

मन्त्री चौधरीले भने –सहकारीको माध्यमबाट नै देशलाई सम्बृद्धि 

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ पुष १५ आइतबार
sahakari111.jpg

कैलाली । सुदुरपश्चिम प्रदेशका भुमि ब्यवस्था, गरिवि निवारण तथा कृर्षि मन्त्री विनिता चौधरीले सहकारीको माध्यामबाट नै देशलाई सम्बृद्धि बनाउन सकिने बताएका छन् । 

लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभाको एक भब्य समारोहका बिच उद्घाटन गदै मन्त्री चौधरीले सहकारीले पनि जनताको प्रत्यक्षरुपमा  जिवनस्तर माथि उठाउन सक्छन् भन्ने उदाहरण यस किसान सहकारीले दिएको बताए । 

कार्यक्रममा बोल्दै मन्त्री यस क्षेत्रका निम्न आयस्तर भएका महिलाहरुको जिवन स्तर माथि उकास्न किसान सहकारीले खेलेको मुमिकाको प्रशंसा गदै प्रदेश मन्त्रालयबाट यस सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा  प्रदेश सांसद रतनबहादुर थापाले किसान बहुउद्देश्यीय सहकारी संस्था देशकै उत्कृष्ट संस्था हुनुमा यस क्षेत्रका सबैले गर्व गर्नु पर्ने बताउँदै अब सहकारी सेवा मुलक कार्यमा लगानी लगाउनु पर्ने बेला आएको जिकिर गरे ।

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले सहकारीबाट ऋण लिएर चुक्ता नगर्ने नगरवासीलाई नगरपालिकाबाट दैनिक प्रबाह हुने सेवा समेत रोक्का गरीने बताउँदै यसमा सबै गम्भीर हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले संस्थाले आर्थिक बर्ष २०७४–०७५ मा करीब  साढे सात करोड मुनाफा कमाउन सफल भएको बताउदै संस्थालाई सहयोग गर्ने शेयर सदस्य र सुभेक्षुकलाई धन्यबाद समेत दिए । 

संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा सुदुरपश्चिम प्रदेशका भुमि ब्यवस्था, गरिवि निवारण तथा कृर्षि मन्त्री विनिता चौधरी रहेका थिए । विशिष्ट अतिथीमा प्रदेश सांसद रतन थापा, संस्थाका संस्थापक अध्यक्ष मंगलबहादुर शाह, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई रहेका थिए । 

संस्थाका सञ्चालक सदस्य मायाराम धमालाको स्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा समाजसेवी दलबहादुर विष्ट, शुशिला शाही, लम्की बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख सरोज कुमार शाह, पुर्ब सञ्चालक ललितजंग शाही, राष्ट्रिय सहकारी संघका केन्द्रिय प्रतिनिधि तथा संस्थाका पुर्ब अध्यक्ष खडानन्द सापकोटा लगायतकाले शुभकामना मन्तब्य समेत दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका परियोजना संयोजक दिपक ढुङ्गानाले गरेका थिए । 

यस बर्षको उत्कृष्ण कर्मचारीमा ५ जना कर्मचारी पुरस्कृत
सहकारी संस्थाले हरेक बर्ष कार्यमुल्याङ्कनको आधारमा संस्थामा कार्यरत करीब १ सय ६० जना कर्मचारी मध्य छनोट गरेर ५ जनालाई पुरस्कार सहित सम्मान गर्दै आएको छ । 

संस्थाले यस बर्ष पनी कार्य मुल्याङ्कनको आधारमा केन्द्रिय कार्यालय लम्कीमा कार्यरत परियोजना प्रमुख दिपक ढुङ्गाना कर्जा बिभिाग लम्कीका प्रमुख एकेन्द्र शाह, लम्कीमा कार्यरत फिल्ड सहायक चक्रप्रसाद भण्डारी, टीकापुर शाखा अन्तरगत कार्यरत फिल्ड कर्मचारी पुष्कर न्यौपाने र सहजपुर शाखामा कार्यरत कर्मचारी चन्द्रकान्त रेग्मीलाई उत्कृष्ट कर्मचारी छनोट गरेको हो । बर्ष उत्कृष्ट कर्मचारीलाई नगद् सहित दोसल्ला ओढाएर सम्मान पत्रबाट सम्मानित समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ