arrow

यस बर्षका विश्व अर्बपति, कसको सम्पति कति ? (भिडियो)

बिल ग्रेट फेरि पनि नम्बर १

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
bill.jpg.jpeg
एजेन्सी । फोर्ब्स म्याजिनले यस बर्षको विश्व अर्वपति सुची सार्वजनिक गरेको छ । यस पटकको सुचिमा विश्वभरका १८ सय १० जना अर्बपतिहरु बारे खोजविन भयो । यस अघि सन् २०१५ मा १८ सय २६ जना बारे खोजविन भएको थियो जसको शीर्ष १० भित्र यस अघिकै धनीहरुकै बर्चश्व रहेको छ ।   
 
१: बिल ग्रेट 
फोर्ब्सले जारी गरेको नयाँ सुचीमा  माइक्रोसफ्ट कम्पनीका मालिक बिल ग्रेटले यस पटक पनि शीर्षता कायम राखे । गत बर्ष पनि पहिलो स्थानमा रहेका उनको सम्पति ७७.१ विलियन अमेरिकी डलर थियो । यस बर्ष  उनको सम्पति घटेता पनि शीर्षता कायमै राखे । गत बर्षको सम्पतिमा २.१ विलियन ह्रास आउँदै उनको सम्पति ७५ विलियन  अमेरिकी डलर  भएको छ । उनि  अमेरिकाका नागरीक हुन् । 
 
२: अमानसियो ओर्टेगा
फोर्ब्सको सुचीमा जारा कम्पनीका मालिक अमानसियो ओर्टेगा दोस्रो स्थानमा रहेका छन्  । गत बर्ष  चौथो स्थानमा रहेका उनको सम्पति ६४.५ विलियन अमेरिकी डलर थियो । गत बर्षको सम्पतिमा २.५ विलियन बढेर उनको सम्पति ६७ विलियन  अमेरिकी डलर  भएको छ । उनि स्पेनका नागरीक हुन् । 
 
३: वारेन बफेट
फोर्ब्सको सुचीमा बर्कशायर हाथवे कम्पनीका मालिक वारेन बफेट तेस्रो स्थानमा रहेका छन् । गत बर्ष पनि तेस्रो स्थानमा रहेका उनको सम्पति ७२.७ विलियन अमेरिकी डलर थियो । यस बर्ष  उनको सम्पति घटेता पनि तेस्रो कायमै राखे । गत बर्षको सम्पतिमा ११.९ विलियन ह्रास आउँदै उनको सम्पति ६०.८  विलियन  अमेरिकी डलर  भएको छ । उनि  अमेरिकाका नागरीक हुन् । 
 
४: कारलोस सि्लम हिलु
फोर्ब्सको सुचीमा टेलिकम कम्पनीमा आबद्ध  कारलोस सि्लम हिलु चौथो स्थानमा रहेका छन् । गत बर्ष दोस्रो स्थानमा रहेका उनको सम्पति ७७.१ विलियन अमेरिकी डलर थियो ।  गत बर्षको सम्पतिमा २७.१ विलियन ह्रास आउँदै उनको सम्पति ५०  विलियन  अमेरिकी डलर  भएको छ । उनि  मेक्सिकोका नागरीक हुन् । 
 
५: जेफ बिजोस
यस सुचीमा एमेजोन डटकम कम्पनीका मालिक जेफ बिजोस पाँचौ स्थानमा रहेका छन् । गत बर्ष पन्ध्रौ स्थानमा रहेका उनको सम्पति ३४.८ विलियन अमेरिकी डलर थियो ।  गत बर्षको सम्पतिमा १०.४ विलियन बढेर उनको सम्पति ४५.२ विलियन  अमेरिकी डलर  भएको छ । उनि  अमेरिकाका नागरीक हुन् । 
 
६: मार्क जुकरवर्ग
फेसबुक कम्पनीका मालिक मार्क जुकरवर्ग यस सुचीको छैठौ स्थानमा रहेका छन् । गत बर्ष सोह्रौ स्थानमा रहेका उनको सम्पति ३३.४ विलियन अमेरिकी डलर थियो । गत बर्षको सम्पतिमा ११.२ विलियन बढेर उनको सम्पति ४४.६ विलियन अमेरिकी डलर  भएको छ । जुकरवर्गअमेरिकाका नागरीक हुन् ।
 
७: ल्यारी इलिसन
ओराकल कम्पनीका मालिक ल्यारी इलिसन यस सुचीको सातौ स्थानमा रहेका छन् । गत बर्ष पाचौ स्थानमा रहेका उनको सम्पति ५४.३ विलियन अमेरिकी डलर थियो । गत बर्षको सम्पतिमा १०.७ विलियन ह्रास आउँदै उनको सम्पति ४३.६  विलियन  अमेरिकी डलर  भएको छ । उनि  अमेरिकाका नागरीक हुन् । 
 
८: मिकेल ब्लुमबर्ग 
ब्लुमबर्ग एलपी कम्पनीका सिईओ मिकेल ब्लुमबर्ग यस सुचीको छैठौ स्थानमा रहेका छन् । गत बर्ष चौधौँ स्थानमा रहेका उनको सम्पति ३५.५ विलियन अमेरिकी डलर थियो । गत बर्षको सम्पतिमा ४.५ विलियन बढेर उनको सम्पति ४० विलियन अमेरिकी डलर  भएको छ । ब्लुमबर्ग अमेरिकाका नागरीक हुन् ।
 
 
९-१०: डेभिड कोच / चार्ली कोच
कोच कम्पनीका मालिक डेभिड कोच र चार्ली कोच समान सम्पति सहित यस सुचीको नवौ र दशौ  स्थानमा रहेका छन् ।  उनीहरुको सम्पति ३९.६ विलियन अमेरिकी डलर  रहेको छ । कोच अमेरिकाका नागरीक हुन् ।  
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ