arrow

गभर्नरले भने –जनताले पैसाको महत्व बुझेनन् 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ पुष १५ आइतबार
governer-nepal111.jpg

पाल्पा । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले जनतामा बैंक र वित्तिय ज्ञान नभएका कारण असुरक्षित रुपमा घर घरमा पैसा रहेको बताएका छन् । 

शनिवार पाल्पाको अर्गलीमा नेपाल क्रेडिड एण्ड कमर्स वैक लिमेटडको १ सय २३ औ शाखाको उद्घाटन गर्दै गर्भनर नेपालले यस्तो बताएका हुन् । उनले बैंकको उपयोग गर्न नजान्दा युवाहरु स्वदेशमा काम नगरी विदेशमा श्रम गर्न बाध्य भएको  बताए । 

गर्भनर नेपालले अझै पनि कुल जनसंख्याको ५५ प्रतिशत जनताले बैकलाई उपयोग गर्न नसकेको भन्दै  व्यापार घाटा बढेन गएको धारण व्यक्त गरे ।  जनतालाई आर्थिक रुपमा सक्षम र बलियो बनाउन वैकको महत्वपूर्ण हात रहेको बताउदै गर्भनर नेपालले वैक भनेको विकासको बाटो भएकोले बैंक पुगेको स्थानमा केही न केही रुपमा विकासका गतिविधीहरुमा वृद्धि भएको बताए ।

पहाडी जिल्ला कृषिको लागी उर्वर भुमी भएकोले कृषकहरुले वैक तथा वित्तिय संस्थालाई उपयोग गरी आर्थिक रुपमा वलियो बन्न कृषकहरु लाई आग्रह गरे । 

नेपालमा वैक तथा वित्तिय संस्थालाई जनताले उपयोग गर्न नजान्दा नेपालले यस बर्ष ४ सय ८३ अर्बको खाधान्य तथा फलफुल बाहिरी देशबाट आयात गर्नु परेको गर्भनर नेपालले बताए । 

नेपालको बढ्दो व्यापार घाटा कम गर्न, कृषकहरुले व्यबसायीक कृषि प्रणालीका लागि बैंक तथा वित्तिय संस्था संग सहकार्य गरेर जानु पर्नेमा गर्भनर नेपालले जोड दिए । 

कृषकहरुले बैंकसंग सहकार्य तथा समन्वय गरेर कृषि र पशु पालन  व्यबसायिक रुपमा अगाडि बढाएमा मुलुक समुन्न तर्फ लम्किने बताउदै गर्भनर नेपालले कृषिजन्य उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने प्रशस्त संभावना रहेकोले त्यस तर्फ लगानी गर्न बैक तथा वित्तिय संस्थालाई आग्रह गरे । 

उनले अहिलेसम्म ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८६ स्थानमा राष्ट्रिय स्तरका बैंकको पँहुच पुगेको र अन्य स्थानमा पूर्वाधार, सुरक्षाको कारण बैंकहरु जान नसकेको  बताएका छन् । अन्य स्थानमा पुर्वाधार निर्माण र सुरक्षाको व्यबस्था गरी चाँडै नै वैक संचालनका लागि तयारी भईरहेको गर्भनर नेपालले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ