एनआईसी एशिया र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
प्रकाशित २०७५ पुष १५ आइतबार
144
Shares
काठमाडौं। एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले नेपालभरका शाखाबाट सहजै इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे।
एनआईसी एशियाको देशभर २७० शाखा, २८८ एटिएम, ३७ एक्सटेन्सन काउण्टर एवं २० शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन्।