arrow

म्यान्चेस्टर युनाइटेडलाई मौरिन्हो नफापेको कि खेलाडीले गुटबन्दी गरेको ? 

मौरिन्हो बाहिरिएपछि लगातार तीन खेलमा म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
manutd11.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा नियमित प्रशिक्षक पोर्चुगिच ५५ वर्षीय जोजे मौरिन्होलाई निकालेपछि म्यान्चेस्टर युनाइटेडले निरन्तर आकर्षक प्रदर्शन गरेको छ । हरेक खेलमा युनाइटेडले फराकिलो जित निकाल्दै आएको छ । 

Paul Pogba hit a brace for the second straight game as United continued their revival of late with a 4-1 win over Bournemouth

आइतबार रातिको खेलमा पनि युनाइटेडले एएफसी बर्नमाउथलाई ४–१ को गोल अन्तरले हरायो ।

The charismatic Frenchman had the task of poking into an empty net for his first after brilliance from Marcus Rashford

युनाइटेडका लागि पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले १–१ गोल गरे । बर्नमाउथका लागि नाथन एकेले सान्त्वना गोल फर्काए ।

Despite being closely tracked by Bournemouth's Jordon Ibe, Marcus Rashford poked it home to get himself a goal of his own

मौरिन्हो गएपछि खेलाडीहरुले गरेको प्रदर्शनलाई लिएर मिलेमतोको आशंका समेत बढ्न गएको छ । मौरिन्हो र खेलाडीहरुबीच राम्रो सम्बन्ध नभएकैले उनीहरुले खेल हार्दै आएको अनुमान यसअघि नै हुँदै आएको थियो । 

Belgium striker Romelu Lukaku came off the bench midway through the second half to seal a third consecutive United victory

खेलाडीहरुले मौरिन्हो रहेसम्म राम्रो नखेल्ने युनाइटेडको उच्चतहमा बताउँदै आएको समेत चर्चा चलेको थियो । मौरिन्हो गएपछि युनाइटेडको प्रदर्शन राम्रो हुँदा पनि यसलाई प्रमाणित गर्न सजिलो गर्छ ।

He was quick to run over and thank Rashford for assisting the opening goal after he split the Bournemouth defence brilliantly

युनाइटेडमा जोजे मौरिन्हो बर्खास्तीपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१ ले तथा हडर्सफिल्डमाथि ३–१ को जित निकालेको थियो ।

Bournemouth goalkeeper Asmir Begovic could only stare into his net after the second as Pogba wheeled off to celebrate

यो जितपछि युनाइटेड ३५ अंकसहित लिगको छैटौं स्थानमा छ । 

आइतबार रातिका अन्य खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ३–१ ले हरायो । डेभिड सिल्भा, जेम्स वार्ड प्रोज र सर्जियो अगुएरोले १–१ गोल गरे । 

Aguero succeeded in heading the ball into the net after latching onto a cross from Oleksandr Zinchenko

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० ले हरायो । एनगोलो काँटेले निर्णायक गोल गरे । 

त्यसैगरी बर्नलेले वेष्टह्यामलाई २–० ले हरायो । 

२० औं चरणको समाप्तिसम्म लिभरपुलको ५४, म्यान्चेस्टर सिटीको ४७, टोटनह्यामको ४५, चेल्सीको ४३ र आर्सनलको ३८ अंक छ । 

The City team celebrate with Aguero after his goal increased their lead just prior to the interval



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ