कुन नाकाबाट कति सवारी राजधानी भित्रिन्छन् र बाहिरिन्छन् ?
प्रकाशित २०७५ पुष १६ सोमबार
515
Shares
काठमाडौं । काठमाडौं ट्राफिक ब्यवस्थापनमा अस्तव्यस्त सहर बनिरहेको छ । यहाँ भित्रिने गाडीको चापले नै यसलाई थप ट्राफिक चुनौती बनाइरहेको छ ।
जति गाडी भित्रिन्छन् त्यसकै अनुपातमा गाडीहरु नबाहिरिने गर्नाले पनि समस्या थपिएको छ ।
विभिन्न चार नाकाबाट सवारी भित्रिने र बाहिरिने आँकडा हेर्ने हो भने त्यसको अनुपात थाहा पाउन सकिन्छ ।
आइतबार (पुस १५ गते) कुन नाकाबाट कति गाडी बाहिरिए र कति भित्रिए भन्ने यो आँकडाबाट स्पष्ट हुन्छ ।
नागढुङ्गाबाट भित्रिने ३६२० र बाहिरिने ३२८४, भक्तपुरबाट भित्रिने ५२४० र बाहिरिने ४६१५, मड्खुबाट भित्रिने २१५ र बाहिरिने २१३, तथा फर्पिङबाट भित्रिने ७०५ र बाहिरिने ५६८ सवारी रहे ।