arrow

ब्याटीङमा कोहलीको दबदबा र बलिङमा रशीद खानको २०१८

२०१८ क्रिकेटमा पहिलो पाँच

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
test-odi-2018.jpg

काठमाडौं। अन्तराष्ट्रीय क्रिकेटमा सन् २०१८ बर्षलाई हेर्दा क्रिकेटमा भारत र ईङल्याण्डको प्रभाव बढी रहेको देख्न सकिन्छ। टेष्ट क्रिकेटमा सार्वाधिक रन बनाउने पहिलो पाँच खेलाडीमा भारत र ईङल्यण्डबाट क्रमश: २-२ खेलाडी रहेका छन्। त्यसैगरि एकदिवसीय अन्तराष्ट्रीयमा धेरै रन बनाउनेमा पनि भारत र ईङल्याण्डकै प्रभाव देख्न सकिन्छ। भारतीय र ईङल्याण्डका कप्तानले आफ्नो प्रदर्शन जारी राखेका छन्। दुवै खेलाडीहरु लामो समयदेखि आफ्नो देशका लागि उच्च कोटीको क्रिकेट खेल्दै आईरहेका छन्। भारतीय कप्तान बिराट कोहली र ईङल्याण्डका कप्तान जो रुटले आफ्नो टिमलाई अग्रपंक्तिमा रहेर नेतृत्व प्रदान गरिरहेका छन्।  

टेष्ट क्रिकेटको बलिङ हेर्ने हो भने पनि भारतका दुई खेलाडी पहिलो पाँचमा अटाउन सकेका छन् भने एकदिवसीय अन्तराष्ट्रीयमा १ भारतीय खेलाडीले स्थान बनाएका छन्। एकदिवसीयमा सार्वाधिक विकेट लिनेमा अफगानिस्तानका रशीद खान पहिलो नंबरमा रहेका छन् भने अर्का अफगानी खेलाडी मुजिबुर रहमान चौथो नंबरमा रहेका छन्। 

टेष्ट क्रिकेटमा सार्वाधिक रन
भारतीय कप्तान बिराट कोहलीले सन् २०१८ आफ्नो नाममा लेखाउन सफल भएका छन्। ब्याटीङमा टेष्ट र एकदिवसीय क्रिकेट दुवैमा कोहली पहिलो नंबरमा रहेका छन्।  त्यसैगरि १३ टेष्ट खेलेका कोहलीले २४ पारीमा ५५.०८को औषतले १ हजार ३ सय २२ रन बनाएका छन्। उनले उक्त रन बनाउने क्रममा ५ शतक र ५ अर्धशतक पनि बनाएका छन्। उनको उच्चतम स्कोर १ सय ५५को रहेको छ।  त्यसैगरि दोस्रो नंबरमा श्रीलंकाका कुशल मेण्डीस रहेका छन्। उनले २३ पारीमा ५४.६४को औषतले ३ शतक प्रहार गर्दै १ हजार २३ रन बानएका छन्।  तेस्रो नंबरमा ईङल्याण्डका कप्तान जो रुट रहेका छन्। उनले २४ पारीमा ५३.१९को औषतले २ शतक प्रहार गर्दै ९ सय ४८ रन बनाएका छन् भने चौथो नंबरमा भारतका चेतेश्वर पुजाराले ८ सय ३७ रन बनाएका छन्। पाँचौं नंबरमा जो बट्लर रहेका छन्। 

२०१८ मा टेष्ट क्रिकेटमा सार्वाधिक रन बनाउने खेलाडीहरु

क्र.स.

खेलाडी/देश

म्याच

पारी

रन

शतक

औषत

बिराट कोहली/भारत

१३

२४

१३२२

५५.०८

कुशल मेण्डिस/श्रीलंका

१२

२३

१०२३

५४.६४

जो रुट/ईङल्याण्ड

१३

२४

९४८

५३.१९

चेतेश्वर पुजारा/भारत

१३

२३

८३७

३८.६४

जो बट्लर/ईङल्याण्ड

१०

१८

७६०

६८.१

 

एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा सार्वाधिक रन
बिराट कोहलीले सन् २०१८मा १४ एकदिवसीय खेल खेल्दै गर्दा १ सय ३३को औषतले १ हजार २सय २ रन बनाएका छन् जस्मा ६ वटा शतक र तीन वटा अर्धशतक रहेको छ। उनको सार्वधिक रन १ सय ६० रन रहेको छ। दोस्रो नंबरमा भारतका रोहित शर्मा रहेका छन्। उनले १९ खेलमा ५ शतक सहित १ हजार ३० रन बनाएका छन्। त्यसैगरि ईङल्याण्डका जोनी बेयर्स्टोले २२ खेलमा १ हजार २५ रन जोडेका छन्। उनले ४ शतक बनाएका थिए।  चऔथो नंबरमा ईङल्याण्डका जो रुटले २४ खेलमा ९ सय ४६ रन बनाएका थिए भने जिम्बाब्वेका ब्रेण्डन टेलरले २१ पारीमा ८सय ८९ रन बनाएका थिए। 

२०१८मा एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा सार्वाधिक रन बनाउने खेलाडीहरु
क्र.स.
खेलाडी/देश
म्याच
पारी
रन
शतक
औषत
बिराट कोहली/भारत
१४
१४
१२०२
१३३.५५
रोहित शर्मा/भारत
१९
१९
१०३०
७३.५७
जोनी बेयर्स्टो/ईङल्याण्ड
२२
२२
१०२५
४६.५९
जो रुट/ईङल्याण्ड
२४
२४
९४६
५९.१२
ब्रेण्डन टेलर/ जिम्बाब्वे
२१
२१
८९८
४२.७६

 

टेष्ट क्रिकेटमा सार्वाधिक विकेट 
टेष्ट क्रिकेटमा सन् २०१८मा सार्वाधिक विकेट लिनेमा दक्षिण अफ्रिकाका कासिगो रबाडा पहिलो स्थानमा रहेका छन्। उनले २० परीमा ५२ विकेट लिएका छन्। भने दोस्रो नंबरमा श्रीलंकाका दिलरुवन परेरा रहेका छन्। परेराले २१ पारीमा ५० विकेट लिएका छन्। त्यसैगरि चौथो नंबरमा अष्ट्रेलियाका नाथान ल्योनले २० पारीमा ४९ विकेट आफ्नो नाममा पारेका छन् भने भारतका जस्प्रीत बुमराह र मोहम्मध शामीले क्रमश ४८ र ४ विकेट आफ्नो खातामा राखेका छन्।

२०१८ टेष्ट क्रिकेटमा सार्वाधिक विकेट लिने खेलाडीहरु

क्र.स.

खेलाडी/देश

म्याच

पारी

विकेट

उत्कृष्ट बलिङ

औषत

कासिगो रबाडा/दक्षिण अफ्रिका

१०

२०

५२

६।५४

२०.०७

दिलरुवन परेरा/श्रीलंका

११

२१

५०

६।३२

२९.३२

नाथान ल्योन/अष्ट्रेलिया

१०

२०

४९

६।१२२

३४.०२

जस्प्रीत बुमराह/भारत

१८

४८

६।३३

२१.०२

मोहम्मद शामी/भारत

१२

२३

४७

६।५६

२६.९७

 

एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा सार्वाधिक विकेट 
क्रिकेटको ईतिहास त्यती पुरानो नरहेको अफ्गानिस्तानका २ खेलाडिले आफुलाई पहिलो पाँच भित्र अटाएका छन्। पहिलो नंबरमा रशिद खान रहेका छन् भने चौथो नंबरमा मुजिब उर रहमान रहेका छन्। रशीदले २० खेलमा १४.४५को औषतले ४८ विकेट लिएका छन् भने रहमानले २० खेलमा १९.५४को औषतले ३७ विकेट आफ्नो खातामा जोडेका छन्। बढी वेकट लिनेहरुमा दोस्रो नंबरमा भारत कुलदिप यादव रहेका छन्। उनले १९ खेलमा ४५ वेकट लिएका छन् भने तेस्रो नंबरमा इङल्याण्डका आदिल रशिदले ४२ विकेट लिएका छन्। आफ्नो क्रिकेटको स्तरका लागि लडाइ गरिरहेको जिम्बाब्वेका तेन्दाई चताराले ३० विकेट लिएका छन्। यसरी सरसर्ती हेर्दा सन् २०१८को क्रिकेटमा भारत र ईङल्यण्डले आफ्नो छाप छाडेका छन्। टेष्ट र एकदिवसीय अन्तराष्ट्रीयमा दुवै टोलीले आफ्नो राम्रो प्रदर्शन जारी राखेका छन्। 

२०१८मा एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा सार्वाधिक विकेट लिने खेलाडीहरु
क्र.स.
खेलाडी/देश
म्याच
पारी
विकेट
उत्कृष्ट बलिङ
औषत
रशीद खान/अफगानिस्तान
२०
२०
४८
५।२४
१४.४५
कुलदिप यादव/भारत
१९
१९
४५
६।२५
१७.७७
आदिल रशीद/ईङल्याण्ड
२४
२३
४२
४।३६
२७.४७
मुजिब उर रहमान/अफगानिस्तान
२०
२०
३७
५।५०
१९.५४
तेन्दाई चतारा/जिम्बाब्वे
२१
२१
३०
४।३३
२७.०३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ