arrow

सुबिसुको 'भयंकर अफर'

logo
प्रकाशित २०७५ पुष १६ सोमबार

काठमाडौं। सुबिसुले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उदेश्यले 'सुबिसु भयंकर अफर' प्रस्तुत गरेको छ। जसमा रिटेल ग्राहकहरुकालागि क्लियर टि.भि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी प्रिमियम प्याक अफर
क्लियर टिभि सेवाअन्तर्गत रू ९ सय ९९ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ।

सुबिसु इन्टरनेट-फास्ट सेवा प्याक अफर
इन्टरनेट सेवा अन्तर्गत ग्राहकले १५ एमवीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाका लागि साथै मोडेम र जडान सेवा करसहित रू १ हजार ५ सयमा मा प्राप्त गर्न सक्नेछन्।

सुबिसु इन्टरनेट ‌तथा क्लियर टिभि कम्बो प्याक
इन्टरनेट र क्लियर टिभि सेवा अन्तर्गत रू २ हजार ३ सयमा  १ महिनाका लागि २३ एमवीपीएस अनलिमिटेड इन्टरनेट,क्लियर टिभि प्रिमियम प्याकेज साथैं मोडेम, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

साथै सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सेवा प्राप्त गर्नेछन भने बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभि पाउने कम्पनीले जनाएको छ। बिजेताको घोषणा www.subisu.net.np/18anniversary मा गरिने छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ