arrow

घरैबाट अनलाइनमार्फत सिटिजन्स बैंकमा खाता खोल्न सकिने

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
CB_logo.png

काठमाडौं। सिटिजन्स बैंकले घरमै बसेर बैंक खाता खोल्न मिल्ने अनलाईन सेवा सञ्चालन गरेको छ ।

बैंकले सरल, सहज र सुरक्षित रुपमा बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सुचारु गरेको जनाएको छ। देशभित्र तथा विदेशमा रहेका नेपालीहरूले यो प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक नै धाउनु पर्ने अवस्थामा न्युनिकरण हुने विश्वास बैंकले लिएको छ ।

यस सेवा मार्फत ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको बेभसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो शेयर, स्मार्ट बैकिङ्ग जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ