arrow

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा

logo
योनहाप,
प्रकाशित २०७५ पुष १६ सोमबार
usa-south-korea.jpg

सेजोङ। दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ। कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन्।

दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी भएको छ। कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले नयाँ संशोधित व्यवस्थाका बारेमा आआफ्ना मुलुकमा आवश्यक तयारी पूरा भएको जनाएको छ।

विगतमा भएको व्यापार सम्झौतामा आवश्यक संशोधन गर्ने सहमति भएबमोजिम अमेरिका र कोरियाबीच व्यापारिक साझेदारीका बारेमा व्यापक छलफल भएको थियो। पुरानो स्वतन्त्र व्यापार सम्झौता सन् २०१२ मा भएको थियो। संयुक्तराज्य अमेरिकाले सवारी साधनको आयातमा असन्तुलन भएको भन्दै कोरियामाथि नयाँ सम्झौता गर्न दबाब दिएको थियो।

मन्त्रालयले कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा नयाँ संरचनाले थप सुदृढ गर्ने बताएको छ। संशोधित सम्झौता बमोजिम अमेरिकाले आगामी २० वर्षसम्म अर्थात् सन् २०४१ सम्म कोरियामा निर्मित पिकअप ट्रकमा २५ प्रतिशतसम्म करवृद्धि गर्न पाउनेछ।

साथै, अमेरिकी कारको आयातमा दोब्बर वृद्धि गर्न कोरिया सहमत भएको छ। हाल अमेरिकामा निर्मित २५ हजार थान कारमात्र कोरियाली बजारमा बिक्री गर्न पाइने व्यवस्था छ। अब ५० हजार थान अमेरिकी कारले कोरियाली बजारमा पहुँच पाउनेछन्।

आायात निर्यातका बारेमा उत्पन्न हुने विवाद सुल्झाउन अझ प्रभावकारी विवाद निरुपण प्रक्रिया अपनाइने सम्झौतामा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ