arrow

ग्यास विष्फोटमा कम्तीमा चारको मृत्यु, ४० बेपत्ता, ४८ फ्ल्याट ध्वस्त

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
blast-flat.jpg

काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको एक भवनमा ग्यास लिग भएर विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा ४० जना हराइरहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

Devastated block of flats in Magnitogorsk, 31 Dec 18

विष्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका छन् । १२० जनाको बसोबास रहेको भवनमा अज्ञातहरुको अवस्था खुल्न सकेको छैन । बेपत्ताहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । 

Devastated block of flats in Magnitogorsk, 31 Dec 18

कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरीक्षण गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ