arrow

इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन् : नेतान्याहु

logo
एएफपी,
प्रकाशित २०७५ पुष १७ मंगलबार
israel-PM-benjamin-netanyahu.jpg

रियो दे जेनेरियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताएका छन्। उनले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताए। रियो भ्रमणका क्रममा ब्राजिल आइपुग्नुभएका नेतान्याहूले इरानले आफ्नो मुलुक इजरायललाई ध्वस्त पार्न आणविक अस्त्र निर्माणको प्रयत्न गरिरहेको दाबी गरे।

इजरायलले छिमेकी मुलुक सिरियामा रहेका इरानी लडाकूहरुलाई लक्षित गरी हालैका दिनमा हवाई आक्रमणलाई तिब्र बनाएको छ। उनले हिंसामा विश्वास गर्ने इस्लामिक लडाकू र विचारधारामाथि इजरायलले जुध्नु परिरहेको चर्चा गर्दै इजरायलले हाल इरानद्वारा प्रबद्र्धित अतिवादी शिते समूह तथा इस्लामिक स्टेट र अल कायदाद्वारा प्रबद्र्धित अतिवादी सुन्नी समूह विश्वको शान्तिका लागि खतरा रहेको बताए।

ब्राजिलको ग्लोबो टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहूले भने, “दुर्भाग्यवस, हामीले प्यालेस्टिनीका बारेमा कुनै प्रगति गर्न सकेका छैनौं। उनीहरुमध्ये आधाभन्दा बढी इरानी र अतिवादी इस्लामको प्रभावमा छन्।”

इरानी नेताहरुसँग वार्ताको कुनै सम्भावना छ कि भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री नेतान्याहूले भने, “इरानले हाम्रो विनाश गर्न चाहँदासम्म त्यो सम्भव छैन। अब इरान पूर्ण रुपमा रुपान्तरित हुनुको विकल्प छैन।”

नेतान्याहू इजरायलीका पक्षधर ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोको राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिन ब्राजिल पुगेका छन्।

यसैबीच, प्रधानमन्त्री नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्नेछन्। विदेशमन्त्री पोम्पेओ पनि राष्ट्रपति बोल्सोनारोकोको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन ब्राजिलमा छन्। भेटका क्रममा दुबै नेताबीच सिरियाबाट अमेरिकी सेनाको फिर्ता पछि उत्पन्न हुने परिस्थितिका बारेमा छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ