arrow

संघीय सांसदको निर्देशनमा नगरको सडक निर्माणमा अवरोध 

निर्माण कार्य अलपत्र

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
bajura-road-construction.jpg

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा सडक विस्तार कार्यलाई तिव्रता दिएको भएपनि संघिय संसदका बाजुराबाट निर्वाचित लाल बहादुर थापाको ठाडो निर्देशनमा सडक निर्माण कार्यमा अवरोध गरिएको छ। 

नगरपालिकाले आव ०७४-०७५ मा विद्युतीय माध्यमबाट बोलपत्र आव्ह्रान गरी प्रतिस्प्रर्धाबाट छनौट गरी सडक निर्माण कार्य भइरहेको बेला संघिय संसदका सदस्य थापाले आफ्नो घर जोगाउनका लागि सडक निर्माण कार्य रोक्न लगाएको बुझिएको छ।

नगरपालिकाले जिल्ला वन कार्यालय देखि जिल्ला स्वास्थ्य कार्यालय र गौडा डिल देखि जिल्ला प्रशासन अगाडी रहेको खुलामञ्च सम्मका घर जग्गा धनीहरुसंग सडक निर्माणका लागि  पटक-पटक स्थानीय जग्गाधनी र घरधनी संगको छलफल र सल्लाहमा सडक निर्माण थालिएको हो। 

गौडाडिल देखि जिल्ला प्रशासन अगाडी रहेको खुलामञ्च सम्मको सडक क्षेत्रमा संसद थापाको घर नाप नक्सा नै पास नगरि निर्माण गरिएकाले सडक क्षेत्रमा घर तल  सडक माथि भएकाले प्रहरी प्रशासन लगाएर सडक निर्माणमा अवरोध पुर्‍याएको निर्माण कम्पनीले बताएको छ। 

खुलामञ्चबाट निर्माण कार्य सुरु भएको मंसिर देखि निर्माण कार्यले तिव्र्रता पाएपनि संसद थापाको घरमा सडक निर्माण अवरोध भएको हो।  माननीयको घर अगाड़ी पुग्दा सडक अवरुद्ध गरिएको छ।

यही पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी डी. वि. कन्स्ट्रक्सन एण्ड सप्लार्यससंग गरिएको सम्झौता बमोजिम यही पौष मसान्तमा सकिँदै गर्दा संघिय सांसदले विकास निर्माणमा अवरोध गरेकाले समयमै निर्माण कार्य सम्पन्न नहुने नगरपालिकाले जनाएको छ।

गौँडा डिलदेखि खुला मंच सम्मको सडक क्षेत्रमा निर्मित माननीयको घर आफूलाई कानूनको व्याख्याता भन्ने व्यक्तिले नगरपालिकाबाट घर निर्मानका लागि अनुमनी विना तथा नक्सा नगरी शक्ति र बलको आधारमा घर निर्माण गरिएको सर्वसाधारणको भनाई रहेको छ।

बडीमालिका नगरपालिकाद्वारा बाजुरा सदरमुकाम मार्तडी बजारलाई व्यवस्थित र सफा बनाउने तथा संघीय सरकारको प्रमुख कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन र बडीमालिका नगरपालिकासम्म सडकको पहुँचका लागि नगर यातायात गुरुयोजना बमोजिम ६ मिटर भित्र परेको सडकको अधिकार क्षेत्र  च्ष्नजत या ध्बथ लागि ६७ जना जग्गा धनीहरुले सडकको नाममा जग्गा राजिनामा दिइ सकेका छन्। भने राजिनामा दिएका घरजग्गा धनीले घर भत्काएर सडक निर्माण क्षेत्र छोडेका छन्। 

संघिय संसदका सदस्यको सगोल परिवारमा रहनु भएका सहोदर दाजुको नाममा रहेको सडक क्षेत्रमा परेको जग्गा समेत राजिनामा गर्नुको सट्टा बन्न लागेको सडकलाई समेत अवरुद्ध गर्ने काम भएकोमा बडीमालिका नगरपालिकाका १७हजा २७६ जनालाई बाधा पुगेको छ। 

बडीमालिका निवासीहरुको हितका लागि नभई एक दुई जना ठुलाबडाहरुको हितका लागि १७हजार २७६ जनाको नाममा आएको अनुदान रकमलाई प्रयोग गर्ने गरी ठेक्काको भेरियसन आदेश जारी गर्नुपर्छ भनि जवरजस्ती रुपमा बल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृतलाई घेराउ गर्ने कार्य भएको प्र्रति नगरपालिकाले आपत्ती जनाएको छ। 

संघिय ससदका सदस्य थापा २०५४ सालमा बाजुरा जिल्ला विकासमा सभापति समेत भई सकेका व्यक्तिले तत्कालिन कानुन स्थानीय स्वायत्त शासन ऐन २०५५ मा व्यवस्था भए बमोजिम घर निर्माणको स्वीकृति लिएर निर्माण गर्नु पर्नेमा उल्टै आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर जनताको विकास अवरुद्ध गर्नु न्यायिक नभएको बडीमालिकाका स्थानीयबासीको गुनासो रहेको छ। 

सडक अवरोधमा मार्तडीबाट श्रीमतीले फोनबाट गुनासो गरेको भरमा राजधानीमा बसेर नेकपा जिल्ला अध्यक्ष भरत थापा सहितको झुण्ड नगरपालिकामा पठाई काम रोक्न लगाएको बताइएको छ। आफ्नो घरको ढोका भन्दामाथि सडक जाने भयो भन्ने हावादारी आरोप लगाएर सडक अबरुद्द गराउने र प्रमुख जिल्ला आधिकारीको निर्देशनलाई समेत अवज्ञा गरी सडक निर्माण रोक्न लगाएको हो।

दुई तिहाईको सरकार हामीसंग छ भन्दै स्थानीय सरकारको बाध्यतालाई लत्याएर काम रोकिएको छ। सडकको समस्या समाधान गर्न मिति २०७५ पौष १७ गते नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल सहितको उपस्थितिमा सर्वपक्षीय बैठक गरी इस्टिमेट गर्न छुटेको भए थप गर्न नगरपालिका तयार हुँदा हुँदै पनि यसरी निर्माण रोक्नु दुर्भाग्य भएको नगरबासीले बताएका छन्। बजारको ढल समेत भत्काएको हुनाले निर्माण प्रभावित भए बर्खायाम बजारमा हिलै हिलो हुने चिन्ता बजारबासीको छ।

सडक निर्माण समयमै सकिएन भने मार्तडी बजार बस्ने अवस्था नहुने भएको छ, भने कानूनका व्याख्याता तथा संघिय संसदका  सांसद बाटै यस्तो निजी स्वार्थ देखाउनु अशोभनीय कार्य भएको  देखिन्छ। बिकास निर्माण हुँदा सामन्य विनास र विवाद हुनु स्वभाविक हो। तर नगर सरकारले मूआब्जा दिएर निकै लचकता देखाउँदा पनि यस्तो अवरोध हुनु विकास विरोधी नियत देखिन्छ।

सडक निर्माण कार्य भएको देख्दा जिल्लामा आउने स्थानीयहरुले सडक बन्न लागेको खुसी व्यक्त गर्दै गरेका भएपनि त्यो खुसी भने लुटिने भएको बताइएको छ। सडक निर्माण अवरोधले आवत जावत गर्ने बाटो अप्ठ्यारोका कारण सर्व साधारणले सास्ती खेप्नु परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ