arrow

युनेस्कोबाट बाहिरिए अमेरिका र इजरायल 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १७ मंगलबार
UNESCO.jpg

काठमाडौं । अमेरिका र इजरायल आधिकारिक रुपमा  संयुक्त राष्ट्र संघ शैक्षणिक एवं सांस्कृतिक संगठन (युनेस्को)बाट बाहिरिएका छन् । एक वर्षअघि देखि नै उनीहरुले युनेस्कोबाट बाहिरिने प्रक्रिया सुरु गरेका थिए । 

दुवै मुलुकहरुले इजरायलविरुद्ध युनेस्को पूर्वाग्रही बनेको आरोप लगाएका थिए । अमेरिका र इजरायल युनेस्कोबाट बाहिरिनु एक समान्य प्रक्रिया हो तर यसलाई केहीले भने संगठनके लागि एक झड्का रहेको बताएका छन् । 

दोस्रो विश्वयुद्धपछि स्थापना गरिएको संगठनको संस्थापकमा अमेरिका पनि थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१७ को अक्टोबरमा युनेस्कोबाट बाहिरिने सूचना जारी गरेका थिए । 

पूर्वी जेरुसलेममा इजरायलको कब्जाविरुद्ध बोलेको, प्राचीन यहुदी स्थल प्यालेस्टाइनको धरोहरको रुपमा नामाकरण गरेको र सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्य बनाएकोमा आपत्ति जनाउँदै दुई मुलुकले संगठनबाट बाहिरिने निर्णय गरेका थिए । 

यी दुई मुलुकहरु बाहिरिँदा पनि युनेस्कोलाई वित्तीय प्रभाव भने पर्दैन । अमेरिकाले सन् २०११ देखि नै युनेस्कोलाई दिँदै आएको सहयोग रोकेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ