arrow

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

logo
एएफपी,
प्रकाशित २०७५ पुष १८ बुधबार
Japans_Emperor_Akihito.jpg

टोकियो। जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन्। उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गरेका छन्। बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजकिय भवनअगाडी भेला भएका राजदवार कार्यलयले जानकारी दिएको छ।

पचासी वर्षीय सम्राटले अन्तिम पटक दिनु भएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नको लागि अझ कैयौ व्यक्तिको आगमन भइरहेको सो स्रोतले जानकारी दिएको छ। जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुनेछन्। उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन्।

‘तपाईहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशि छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ