arrow

अन्तर्राष्ट्रिय बजारमा भारी कटौती, नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि दुई रुपैयाँ घट्यो

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । 

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । 

यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । 

नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । 

हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ